????????????????????????????????????

प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसको अवसरमा शनिबार बेनीको बालगृहमा शैक्षिक सामग्री बितरण गरिएको छ ।
प्रेस सेन्टर म्याग्दी शाखाले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित बालगृहमा आश्रित बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले छ÷छ दर्जन कापी कलम उपलब्ध गराएको हो ।

संगठनका सचिब सन्दिप खत्रीलाई ११ जना बालबालिकाहरुका लागि शैक्षिक सामग्री उपलब्ध गराइएको प्रेस सेन्टर म्याग्दीका सचिब धिरन खत्रीले जानकारी दिनुभयो । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका प्रमुख सचिब सन्तोष गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानिया, प्रेस युनियनका सचिब साधन राम्जाली र पत्रकार ठाकुरप्रसाद आचार्यको उपस्थिति थियो ।

????????????????????????????????????

कोरोना जोखिमका कारण प्रतिनिधीमुलक उपस्थितिमा स्थापना दिवस मनाएको सचिब खत्रीले बताउनुभयो । प्रमुख सचिब गौतमले समावेशीकरण, श्रमजिबी पत्रकार ऐन, स्वरोजगारमुलक मिडियाको प्रर्वद्धन, प्रेस स्वतन्त्रताको एजेण्डाको ब्यवहारिक कार्यान्वयनमा पेशागत संगठनहरुबीच सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

Leave a Reply