फिट एन्ड फाइन जिमखाना साउन वाथ लिएर नुहाउन छिरेको अवस्थामा मृत भेटिनुभएका म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोलाका हस्त गर्बुजा मगर र श्रीमति नेत्रकुमारीको सम्झनामा म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

अमेरिकामा बसोबास गर्ने स्वर्गीय गर्बुजा दम्पत्तीका दाई निलम कुमार थापा र शितलले ‘जिन्दगीको आधा यात्रा’ नाम गरेको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

राजनीतिक तथा सामाजिक कार्यमा सक्रिय गर्बुजा दम्पत्तीलाई परिवारसँगै समाजले पनि सम्झि रहने गरी यसअगाडी पुस्तक समेत सार्वजनिक भएकोमा अहिले म्यूजिक भिडियोबाट सम्झिने प्रयास गरेको रचनाकार समेत रहनुभएका थापाले बताउनुभयो ।

‘सिंगो समुदायका लागि नै काम गर्ने अभियानमा थियो,‘दैबले भाईबुहारीलाई चुडेर लगेपनि सपनाहरु हामीले पुरा गर्ने प्रयासमा छौ’ उहाँले भन्नुभयो । म्यूजिक भिडियोमा चर्चित गायक जगदीश समालको स्वरमा स्वर र गीतलाई राजकुमार बगरको कम्पोज,संचारकर्मी टिकाकुमार पुनको शब्द सम्पादन र कम्पोजर राजकुमार बगरको साथ रहेको छ ।

म्युजिक भिडियोमा राजकुमार पुन, यन्सर्ज गुरुगं, निलम कुमार थापा र शितल पुनले जीवन्त अभिनय रहेको छ । ओम मेघा फिल्मसले पोष्ट प्रोडक्सन गरेको म्यूजिक भिडियोका निर्देशक ओम कर्माचार्य रहेको छ । २०७६ सालको माघ १५ गिजर प्रयोग गरेका कारण गर्बुजा दम्पत्तीको निसास्सिएर ज्यान गएको थियो ।

 

Leave a Reply