म्याग्दीको बेनी नगरपालिका वडा नं ५ घर भई हाल डेनमार्गमा रहेका आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलको पुस्तक ’विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ । पुस्तक आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलले लेखेका हुन् । पुस्तकमा ‘मानव जातिका संघर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजिव चित्र यस पुस्तकमा उतारिएको’ प्रकाशक बुकहिलले जनाएको छ ।

पुस्तकमा ढुंगे युगदेखि विद्युतीय चमत्कारसम्मका मानव जातिले हासिल गरेका उन्नति, प्रगति, उपलब्धि र वैभवका अन्तर्कथाहरूसहित उसले समना गरेका चुनौती, विपत्ति र असफलताका गाथा रहेको बताइएको छ ।

लेखक पौडेलले भने, ‘यस पुस्तकमा मूलत: सुमेर सभ्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको सूचनाप्रविधिको क्रान्तिकारी छलाङसम्मका रोमान्चक परिघटनाहरू समावेश गर्ने कोसिस गरेको छु, साथै युद्ध र प्रतिकूलताका कठिन र निरस विवरण मात्र नभई विजय, शान्ति र सिर्जनाका अभिलेखहरू, धार्मिक-सांस्कृतिक जडताले अन्धकारमय बनेका प्राचिनता एवम् नवीन चेतनाका किरणहरूले प्रकाशमय आधुनिकताका सन्दर्भहरू पनि यस पुस्तकमा छन् ।’

डेनमार्कमा बस्दै आएका कृष्ण पौडेलले त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र लुन्ड विश्वविधालय स्वीडेनबाट ‘इकोनोमिक हिस्ट्री’मा स्नातकोत्तर गरेका छन् । सात खण्डमा विभाजित २९६ पृष्ठको किताबको मूल्य ५५५ रुपैयाँ राखिएको छ ।

Leave a Reply