बेनी नगरपालिका-६,ज्यामुनाखर्कमा शनिबार साँझ आगलागी हुँदा एकतले घर जलेर नष्ट भएको छ । अचानक आगलागी हुँदा स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको वडा अध्यक्ष कृष्णसिङ बानियाँले जानकारी दिनुभयो।

आगलागीबाट घरभित्र रहेको ३ तोला, सुन गरगहना, ३५ हजार नगद, लत्ताकपडा, भडावर्तन र अन्नपातको क्षती भएको पीडित सुस्मा खत्रीको बताउनुभयो । आगोमा परेर धेरै सामानहरु जले पनि केही सामान निकाल्न सफल भएको पीडितको भनाई छ ।

आगलागी नियन्त्रणका लागि अर्थुङेमा रहेको नेपाली सेनाको टोली सहित स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा गरिएको थियो । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले घटनास्थलमा पुगेर फर्किएको र क्षतीको मुचुल्का बनाउने काम भइरहेको जनाएको छ । आगलागी विद्युत सर्टबाट भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । स

यसैबीच आगालागीबाट विस्थापित भएका खत्री परिवारलाई तत्काल गंगा जिसी फाउण्डेशन म्याग्दीले वडा कार्यालयमार्फत लत्ताकपडा र भडावर्तन खरिदका लागि १५ हजार बराबरको सहयोग हस्तान्तरण गर्ने जनाएको छ । फाउण्डेशनका अध्यक्ष नारायण जिसीले पीडितलाई तत्काल राहतका लागि उक्त सहयोग गर्न लागिएको जानकारी दिनुभयो । आगलागीबाट विस्थापित उक्त परिवारका चार सदस्यलाई वडा कार्यालयमार्फत राहतका लागि समन्वय समेत गरिएको छ।

Leave a Reply