म्याग्दीको मंगला गाउँपालिका–१ पैयुपाटा स्थित समाज कल्याण युवा क्लबको अध्यक्षमा ज्ञानेन्द्र किसान चयन हुनुभएको छ। क्लवको वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट उपाध्यक्ष नरेश बस्याल, सचिव यामकुमारी किसान, सहसचिव मनबहादुर किसान, कोषाध्यक्ष मनप्रसाद किसान सदस्यहरु भुपेन्द्रसिह किसान, अर्जुन बस्याल, सुमन किसान, भरत किसान, निरमाया किसान, हिरा किसान, दिनेश किसान, फुलमाया किसान र बिक्रम किसान रहनुभएको छ ।

स्थानीयस्तरमा सामाजिक तथा विभिन्न क्षेत्रमा सक्रिय रहेको क्लवको उचाई थप माथि पुर्याउन सक्ने प्रयास गर्ने क्लवका अध्यक्ष किसानले बताउनुभयो । कार्यक्रमको अध्यक्षता क्लब अध्यक्ष खुमबहादुर किसानको अध्यक्षता, प्रमुख अतिथी मंगला गाउपालिका वडा नं.१ दलित महिला सदस्य रेलमती किसान,विशिष्ट अतिथी संस्थापक सचिव टेक बहादुर किसान र भुपु अध्यक्ष ज्ञानेन्द्र आचार्य लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply