---Advertisement---

ट्याक्टर दुर्घटनामा सहचालकको ज्यान गयो

On: January 30, 2022 12:08 PM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका-४ दग्नाममा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । मौवाफाँटदेखि राहुघाट मंगले जलविद्युत आयोजनाको निर्माण साम्रागी बोकेर दग्नाम तर्फ जाँदै गरेको ग १ त ६०४४ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ सहचालक नरजित घर्ती मगरको मृत्यु भएको हो।

शनिबार राति करिब साढे १० बजेको समयमा दग्नाम स्थित पानाकोटमा ब्रेक फेल भई दुर्घटना हुँदा रोल्पाको सुनछहरी गाउँपालिका–३,का अन्दाजी १८ बर्षिय घर्ति मगरको मृत्यु भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङका अनुसार दुर्घटनामा घाइते घर्ती  मगरलाई उपचारको लागि बेनी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको थियो भने चालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

ट्याक्टरमा सवार भुपेन्द्र बिस्ट ट्याक्टर अनियन्त्रित भएको थाहा पाएपछि हाम फालेर ज्यान जोगाउनुभएको छ। ट्याक्टर सडकदेखि साढे चार मिटर तल खसेको थियो।