प्रयास परियोजनाले बेनी नगरपालिकाका २ अति विपन्न अशक्त महिलालाई आर्थिक सहयोग गरेको छ । युएनडीपी प्रयास परियोजनाको आर्थिक सहयोगमा बेनी नगरपालिका-१ अर्जमकी सोविता परियार र वडा नं २ ज्यामरुककोटकी पार्वती बिश्वकर्मालाई घरमै पुगेर जनही नगद रु १३ हजार २ सयका दरले सहयोग प्रदान गरिएको हो ।

बेनी नगरपालिका, संगम म्याग्दी र राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाको समन्वयमा बेनी नगरपालिका उपप्रमुख सञ्जु बरुवालले अशक्त र अति विपन्न महिलालाई आयआर्जनमा गरिएको सहयोगको प्रशंसा गर्नुभयो ।

प्रयास परियोजनाले बेनी नगरपालिकाभित्रका एकसय जना शारीरिक रुपमा अशक्त अति बिपन्न महिलालाई आर्थिक सहयोग उपलब्ध गराउने कार्यक्रम अनुसार सो रकम प्रदान गरिएको परियोजनाका कार्यक्रम संयोजक श्रीमन चोखालले बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नं २ का अध्यक्ष हिरा बहादुर थापा, राष्ट्रिय बाणिज्य बैँक लिं का प्रवन्धक नवराज ढुंगाना, संगम म्याग्दीका प्रतिनिधि दिपक पौडेल, प्रयास परियोजनाका सहजकर्ता बुद्धिमाया बिश्वकर्मा, संगम म्याग्दीका कार्य समिति सदस्य वविता पुन, संगम म्याग्दीका शिक्षा बिकास अधिकृत चन्द्र बहादुर बुढा मगर तथा संचारकर्मीहरुको उपस्थिति रहको थियो ।

 

Leave a Reply