स्थानीय तह निर्वाचनको मिति तुरुन्त घोषणा गर्न तथा हिंसात्मक अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न दबाब दिने उद्देश्यले राष्ट्रीय युवा संघ नेपाल म्याग्दिले शान्तिपुर्ण बिरोध प्रदर्शन गरेको छ। मंगलबार दिउँसो बेनीको बिरेन्द्रचोकमा स्थानीय तह निर्वाचनको मिति तुरुन्त घोषणा गर, मूल्य बृद्धि नियन्त्रण गर, सिटामोलको कृत्रिम अभाव नियन्त्रण गर, कोरोनाको २४ लाख डोज खोप खोइरु जस्ता मागहरु लेखिएका पम्पलेट हातमा लिई करिव आधि घण्टा शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको हो ।

उक्त कार्यक्रममा युवा संघ नेपालको केन्द्रिय सचीवालय सदस्य एवं जिल्ला इन्चार्ज प्रबिन शाही , जिल्ला संयोजक शिशिर शाही , प्रचारप्रसार बिभाग प्रमुख बिमल रिजाल, निबर्तमान कोषाध्यक्ष लक्ष्मण कटुवाल लगायत युवाहरुको उपस्थिति रहेको थियो । त्यस्तै राष्ट्रिय युवा संघ म्याग्दीले मंगलबार नै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ।

जिल्ला इन्चार्ज प्रबिण शाही र संयोजक शिशिर शाहि द्वारा हस्ताक्षरित बिज्ञप्तीमा तिनै तहको निर्वाचनको मिति तुरुन्त तोक्नु पर्ने र तोकिएकै मितिमा सम्पन्न गराउनु पर्ने, सवै नेपाली नागरिकहरुलाई कोरोनाको खोप यथाशिघ्र लगाउनुपर्ने, नेपाली भूमिमा भारतीय ज्यादतीको बिरुद्धमा बोल्नुपर्ने लगाएत सरकारले गरेका गलत कामलाई सच्याउन माग गरिएको छ ।

 

Leave a Reply