भर्खरै सार्वजनिक जनगणनाको विवरणमा म्याग्दीको जनसंख्या घटेको छ । बैदेशिक रोजगारीमा जाने, सेवा सुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइसराई गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण १० वर्षअघिको तुलनामा जनसंख्या घटेको बताउने गरिएपनि विद्यार्थी, भुगोलको पहिचान नभएको र अनुभवको कमीका कारण समेत विवरण गोलमाल भएको भन्दै तथ्यांक नै अपत्यारिलो भन्नेहरु पनि छन् ।

केन्द्रीय तथ्याङ्क विभागलेसार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बि.स. २०६८ को तुलनामा ०.५४ प्रतिशतले घटेको अवस्थमा जनसंख्याको घट्दो कारण र सम्रग विषयमा जनगणना कार्यालय म्याग्दीको प्रमुख भएर काम गरेका घनश्याम सापकोटासँग प्रधानसम्पादक हरिकृष्ण गौतमले गरेको कुराकानीको सम्पादित अंशः

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा म्याग्दीको जनसांख्यिक तस्विर कस्तो देखियो ?
विगतदेखि वर्तमान सम्मको तथ्यांक हेर्दा आठौ राष्ट्रिय जनगणना २०४८ को जनसंख्या १ लाख ५ सय ५२ थियो, नवौ राष्ट्रिय जनगणना २०५८ को जनसंख्या १ लाख १४ हजार ४ सय ४८ (गणना समयमा द्वन्दकालको सामानय प्रभाव) त्यस्तै गरी दशौ राष्ट्रिय जनगणना २०६८ मा १ लाख १३ हजार ६ सय ४१ थियो भने हालको २०७८ को प्रारम्भिक नतिजा अनुसार म्याग्दी जिल्लाको जनसंख्या १ लाख ७ हजार ३ सय ७२ जना रहेको छ ।

राष्ट्रिय जनगणना २०६८ को तुलनामा २०७८ को प्रारम्भिक नतिजा घट्दो क्रममा देखिनु चिन्ताको विषय हो होईन ?म्याग्दी जिल्ला लगायत ३२ जिल्लाको जनसंख्या वृद्दीदर ऋणत्मक रहेको छ । केहि मात्रामा जनसंखया घट्नु वा वढ्नु चिन्ताको विषय मानिदैन तर धेरै मात्रामा जनसंखया घटवढ भएको भएमा अनुसन्धानको विषय भने वन्न सक्ने अवस्था आउन सक्छ ।

म्याग्दी जिल्लाको जनगणनामा गणकले गणना गर्दा छुटेका गुनासाको कसरी समेट्ने प्रयास गर्नु भयोको थियो?
राष्ट्रिय जनगणनको मुल नारा “मेरो गणना मेरो सहभागिता” भन्ने थियो यो गणना कार्य सफल वनाउने कार्य गणनामा खटिने कर्मचारीको साथै आम नागरिकको पनि उत्तिकै जिम्मेवारी थियो । यो कार्यको लागि जिल्ला देखि स्थानिय स्तरमा समन्वय समिति कानुन वमोजिम गठन हुने व्यवस्था थियो । सोहि अनुसार सवैले आ आफ्नु भुमिका निर्वाह पनि गर्नु भएको थियो । गणनाको अवधि र गण्ना पश्चातको एक हप्ता सम्मा हाम्रो कार्यालयमा १७ वटा मात्र गुनासो आएका थिए ।

ति स्थानमा हामीले गणकलाई पठाई छुट भएका परिवारको गणना गरेका थियौ भने केही परिवारमा परिवारका एक सदस्यले जवाफ दिएको तर सोहि परिवारको अर्को सदस्यलाई आफ्नो परिवारको गणना भएको जानकारी नपाएर पनि गुनासो आएका थिए।

म्याग्दी जिल्लावको जनसख्या वृद्दिदर क्रमात्मक देखिनुलाई तथ्यांकिय हिसावले कसरी हेर्नु भएको छ ?
सामान्यतया व्यक्तिले गुणस्तरिय जिवन यापन गर्नको लागी सानो आकारको पारिवारीक संरचना मन पार्ने गरेको पाईएको छ । ढिलो विवाह, जन्मदरमा कमि(कम सन्तान जन्माउने) वसाई सराई, शहरी करण तथा सुविधा सम्पन्न स्थानमा तथा वैदेशिक रोजगारीका कारण प्रजनन उमेर समुहका दम्पती संगै वस्ने अवसर नहुनु विवाह गरे पनी चाँडो वच्चा नजन्माउने छोरा र छोरीमा विभेद कम हुदै गएको वच्चाहरुको पालन पोषणमा लाग्ने खर्च ऋणत्मक जनसंख्या वृद्धका अवस्था हुन ।

प्रारम्भिक जनगणनाको तथ्यांक अनुसार म्याग्दीको आर्थिक, सामाजिक तथा राजनैतीक प्रभाव के होला?

यो प्रश्नको राम्रो विश्लेषण गर्नको लागी जनगणनाको अन्तिम परिणम प्रकाशित भएपछी व्याख्या गर्न सजिलो हुने थियो । तथापी जन्मदर घट्दै जानु चिन्ताको विषय हो, धेरै जनसंख्या विदेशिने जन्मदर घट्ने, वृद्ध वृद्धा मात्रै दशमा रहने हो भने यसको असर चौतर्फि पर्ने देखिन्छ । वृद्धवृद्धालाई दिने सेवा सुविधाले राज्यलाई आर्थि भार वढ्दै जाने छ भने युवा शक्ति नहुदा उत्पादन शिल श्रमशक्ती नहुदा आर्थिक रुपमा कमजोर हुन्छ भने, जनगणनाको तथ्यांक अनुसार निर्वाचन क्षेत्र निर्धारण गरिने भएकोले जनप्रतिनिधि संघ÷प्रदेश जिल्ला अनुसार घट्ने वढ्ने भै रहन्छ ।

म्याग्दी जिल्लाको जनसंखया घट्नुको मुख्य कारण के के हुन सक्छ ?
म्याग्दी जिल्लामा परिवारका सदस्यको आकारमा क्रमश घट्दो क्रममा देखिएको छ । २०५८ को गणनामा प्रशि परिवार ४.६८ जना, २०६८ मा ४.०९ जना थियो भने २०७८ को जनगणना अनुसार एक घर परिवार भित्र ३.६७ जना मात्र वस्ने गरेको देखिएको छ । यसका कारणहरु जन्मदरमा कमि, ढिलो विवाह, सन्तान उत्पादन उमेर समुहको दाम्पती रोजगारीका कार अलग अलग वस्नु पर्ने, वसाई सराई, एक दम्पति एक सन्तानको अवधारण विकास हुदै जानु, कृषि पेशलाई जिविको पार्जनको माध्यममा नलिनु जनसंख्या वृद्धीदर घट्नुका कारण हुन ।

राज्यको तर्फबाट जनसंख्या व्यवस्थापन तर्फ के कसरी ध्यान दिनु पर्छ ?
राज्यको लागि चाहिने जनसंख्या कति हो भन्ने कुरा एकिन हुन जरुरत छ, आदर्श जनसंख्याको नीति अनुसार देशमा आउको साधन र श्रोतको प्रयोग गर्ने सक्ने हदसम्मको जनसंख्यालाई राम्रो मानिन्छ । यसको लागी जनसंखया तथा वसाई सराई नीति, ऐन, कानून, योजना र कार्यक्रम तर्जुमा गर्दै जनसंख्याको अध्ययन अनुसन्धान, जनसंख्या व्यवस्थापनको सूचना प्रणाली सम्वन्धि विकास, प्रजनन्, मृत्यु, विवाह, वसाई सराई सम्वन्धि विषयमा राम्रो संग ध्यान दिएमा जनसंख्या व्यवस्थापन गर्न सकिन्छ ।

केन्द्रीय तथ्यांक विभागले कहलिे सम्म राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा प्रकाशन गर्ने कार्ययोजना रहेको छ ।
२ करोड ९२ लाख जनसंख्याको एक÷एक व्यक्तिको प्रश्नावलीमा भएका विवरण कम्प्यूटरमा प्रविष्ट गर्नु पर्ने हुन्छ । यसको लागी ७÷८ महिना लाग्ने अनुमान गरिएको छ । यसको लागी जनशक्ति व्यवस्थापनको काम भैरहेको छ ।

राष्ट्रिय रुपमा कुनै पालिका जिल्लाको जनसंख्या मतदाता नामावली भन्दा कम देखिनुको कारण के हुन सक्छ?
जनगणना अक्सर वसोवासको आधारमा गरिन्छ भने मतदाता नामावलि व्यक्तिले चाहेको स्थान, जन्म स्थान, नागरिकता लिएको आधारले समेत मतदाता नामावली कायम गरिएको हुन्छ । जनगणनाको विवरण संकलन प्रकृया र मतदाता नामावलीको नामावली संकलन प्रकृया अलग अलग अवधारणको आधारमा हुन्छ । मतदाता नामावलीभरका नामावलि, मृत्युय भएका व्यक्तिको नाम, वसाई सरेका, विवाह भएको आदा विवरण अध्यावधिक समेत नभएको कारणले गर्दा फरक पर्न सक्छ ।

 

Leave a Reply