मोरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल नेपालले १-० को गोल अन्तरले जितेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालका लागि १० औं मिनेटमा सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए ।गत शनिबार भएको पहिलो खेलमा पनि नेपालले १-० को गोल अन्तरले जितेको थियो । मंगलबार दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफ निकै तनावपूर्ण रह्यो ।

खेलको दोस्रो हाफमा मोरिससका दुई र नेपालका एक खेलाडीले रातो कार्ड पाएका थिए । यस्तै नेपाल र मोरिससका खेलाडीबीच तनाव उत्पन्न भएपछि मैदान प्रवेश गरेका नेपाली टोलीका म्यानेजर मधुसुदन उपाध्यायलाई समेत रातो कार्ड दिइएको थियो । अफ्रिकी देश मोरिसससँग पहिलो पटक नेपालले मैत्रीपूर्ण खेल आयोजना गरेको हो ।

Leave a Reply