म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, घारका ५५ बर्षिय एक पुरुष ६ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । यही माघ १३ गते बिहिबार घरबाट पोखरा जाने भन्दै हिड्नुभएका रेशम कटुवाल सदरमुकाम बेनीबजार बाट सम्पर्कविहिन भएको बताइएको छ ।

बेनीबजारबाट एक्कासी सम्पर्कविहिन कटुवालको खोजीकार्य गर्दा समेत नभेटिएको आफन्त टिका बरुवालले जानकारी दिनुभयो । ‘उहाँ बोल्न सक्नुहुन्न,‘बेनीबजार आसपासमै हुनसक्ने अनुमान छ’ परिवारका सदस्यलाई उद्धित गदैं बरुवालले भन्नुभयो ।

बेनीबजार तथा विभिन्न स्थानमा खोजीकार्य गर्दा समेत नभेटिएपछि परिवार चिन्तित भएका छन् । बेपत्ता कटुवालका परिवारले खोजीकार्यमा सहयोग गर्न अपिल गदैं प्रहरीलाईसमेत जानकारी दिइसकेको छ ।

हुलिया अनु्सार कसैले देखेमा 9840121411; 9847739421 मा सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ।

 

Leave a Reply