उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमामा रहेको घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा २० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । आयोजनाको अपरिष्कृत वित्तीय विवरणमा कम्पनीको नाफामा वृद्धि देखिएको छ । समीक्षा अवधिसम्म आइपुग्दा कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको मुनाफा ९६ लाख ७२ हजार रुपैयाँ ऋणात्मक थियो ।

कम्पनीले इन्स्योरेन्सबापत एक करोड ५० लाख रुपैयाँ प्राप्त गरेपछि कम्पनी मुनाफामा देखिएको हो ।यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बेचेर एक करोड ६४ लाख ८४ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले बिजुली बेचेर एक करोड ८८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ र जगेडा कोषमा १५ करोड ४४ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १०० रुपैयाँ २८ पैसा पुगेको छ । आयोजनाबाट उत्पादन भएको विद्युतलाई प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गरिरहेको छ ।

 

Leave a Reply