गएराति देखि परेको लगातारको बर्षाले म्याग्दी जिल्लाको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा बर्षाले चिसो बढेको छ भने उच्च हिमाली क्षेत्रमा बाख्लो हिमपात भएको हो । बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्लीको तल्लो क्षेत्रका साथै मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा भारी हिमपातसँगै चिसोेको कारण जनजीवन प्रभावित बनेको छ ।

अति विकट मानिने धवलागिरी गाउँपालिका–१,गूर्जामायस वर्ष पटक–पटक भएको हिमपातका कारण समस्या भएको जनाइएको छ । यसअघि परेको हिउँ पग्लन नपाउदै फेरि हिउँ थपिएपछि चिसोका कारण दैनिकी कष्टकर बनेको गूर्जाका स्थानीयले बताएका छन् ।

बाख्लो हिमपातका कारण गूर्जाबाट गाउँपालिकाको केन्द्र मुना आउने पदमार्ग समेत बन्द भएको छ । विगतमा विहानै हिउँमा रमाउन जाने गरेपनि यसपटक हिमपातसँगै लगातारको बर्षाले स्थानीय समेत घरबाट बाहिर निस्कन सकेका छैनन् । मौसममा सुधार नभएकाले केहीदिन हल्का र मध्यम बर्षा हुनसक्ने मौसम पुर्वानुमान शाखाले जनाएको छ ।

हिमपातले खेतीबाली राम्रो हुने बताइएपनि माथिल्लो क्षेत्रमा हिउ नपग्लिदाँसम्म कृषकको नियमित दैनिकी नै प्रभावित हुने गरेको छ ।प्रमुख पर्यटकीय गन्तव्य पुनहिल, घारेपानी, महरेडाँडा, खोप्रालेक, टोड्के तथा गूर्जा, मुदी, मुनालगायत उच्च क्षेत्रमा बाक्लो हिमपातपछि डाँडाकाँडा सेताम्य बनेका थिए । हिमपात र जाडो बढेपछि सदरमुकाम बेनी आसपासमा समेत आगो तापेर वसिरहेका छन । म्याग्दीमा यसबर्ष हिउँमा पुरिएर गूर्जाका एक पुरुषको ज्यान गएको छ ।

Leave a Reply