गएराती देखि म्याग्दीमा निरन्तर हिमपात भइरहेको छ। बिहिबार साँझदेखि उच्च पहाडी तथा हिमाली भागमा हिमपात भइरहेको अवस्थामा बर्षा नरोकिएपछि शुक्रबा साँझदेखि तल्लो क्षेत्रमा समेत हिउँ पर्न थालेको छ । बेनी नगरपालिका वडा नं ३ भकिम्लीको डाडाखानी, बेनपा–५ पुलाचौरका साथै पाँचवटै गाउँपालिकाको कमै हिमपात हुने बस्तीमा समेत साँझदेखि समान्य हिमपात भइरहेको छ ।

रघुगंगा गाउँपालिका–४ दग्नाममा हिमपात भइहेको स्थानीय गुन पुनले बताउनुभयो ।‘साँझदेखि हिमपात भइहरेको छ,‘वर्षा र हिमपातले तापक्रम घटेको हुँदा अत्यधिक चिसो भइरहेको छ’ जनता माविका प्रअ समेत रहनुभएका पुनले भन्नुभयो । त्यस्तै जिल्लाका अन्य स्थनमा समेत बस्तीको मााथिल्लो क्षेत्रमा हिमपात भइरहेको अवस्थामा साँझदेखि तल्लो क्षेत्रमा हिउँ पर्न थालेको छ ।

बिहिबार साँझदेखि भइरहेको बर्षा समेत रोकिएको छैन् ।हिमपात भएपछि डाँडापाखा अहिले सेताम्मे बनेका छन् । वर्षासहित भएको हिमपातले जनजीवन कष्टकर बनाएको छ। चिसोबाट जोगिन विभिन्न जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहयाक प्रजिअ अर्जुन शर्माले अनुरोध गर्नुभएको छ ।

चिसोबाट बच्न न्यानो भएर बस्न तथा हिमपात र बर्षाका कारण समस्या भएमा नजिकैके प्रहरी चौकीमा खवर गर्न समेत प्रजिअ शर्माले आग्रह गर्नुभएको छ । बर्षा र हिमपातका कारण माथिल्लो क्षेत्रमा ’बालबालिका र बृद्धबृद्धालाई समस्या भएको छ । हिमपात भएको क्षेत्रका किसान भने हर्षित भएका छन् । हिमपातले माटोमा उर्वराशक्ति बड्ने भएकाले अन्नबाली सप्रिन्छ ।

Leave a Reply