---Advertisement---

जब ताकम गाउँमा हिमपात भयो (फोटो फिचर)

On: February 5, 2022 12:34 PM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ७ ताकममा भएको हिमपातले स्थानीय उत्साहित भएका छन् । खेतबारीमा उत्पादन घट्ने चिन्तामा रहेका ताकमबासीले बिहिबारदेखिको बर्षासँगै शुक्रबार रातिदेखि बस्ती आसपासकै खेतबारीमा हिमपात भएपछि राहत महसुस गरे ।

पश्चिम म्याग्दीमा अन्नभण्डारको रुपमा चिनिने ताकममा हिमपातले खेतबारीमा लगाएका हिउँदेबालीलाई समेत राम्रो भएको स्थानीय गोपाल आचार्यले बताउनुभयो । गाउँबाट नजिकै देखिने धवलागिरी, गुर्जा लगाएतका हिमाल आसपासका क्षेत्र हिउँले पुरिएको छ । तस्वीरहरु गोपाल आचार्य