जिल्ला कारागार म्याग्दीमा राजनैतिक बन्दी जीवन बिताइरहेका तत्कालिन म्याग्दी सेक्रेटरी रेशम सापकोटाले सफाई पाउनुभएको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएको बेलामा हातहतियार र बिस्फोट गराएको अभियोगमा २६ महिना बन्दी जिवन विताइरहेका सापकोटा आइतबार जिल्ला अदालत म्याग्दीबाट सफाई पाएपछि रिहा हुनुभएको छ ।

जिल्ला अदालतले यसअगाडी ३० हजार जरिवाना र १० महिना जेलको फैसला सुनाएको थियो । अदालतको आदेशपछि रिहा हुनुभएका सापकोटाले एकिकृत जनक्रान्तिको अभियान नरोकिने बताउनुभयो । ‘जेलभित्र बसेर फर्किएपनि मेरो यात्रा पुरानै हुन्छ,‘मैले क्रान्तिको भण्डालाई छोड्ने छैन’ सापकोटाले भन्नुभयो । रिहा भएपछि नेकपाका नेता तथा सापकोटाका आफन्तले बधाई सहित भब्य स्वागत गरेका थिए ।

यसअगाडी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले समेत जिल्ला कारागारमै पुगेर भेटेका थिए । नेकपाका जिल्ला नेताहरुले सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनमा आलटाल भइरहेको बताएका छन् । नेकपाका धौलागिरी इन्चार्ज धुब्र घिमिरेले म्याग्दीमा नेता कार्यकतामाथि लगाइएको झुटा मुद्धा खारेजीको माग गर्नुभएको छ।

Leave a Reply