म्याग्दीका एक पुरुषले नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । बेनी नगरपालिका- ३,भकिम्ली ठोट्नेरीका जसबहादुर श्रीष र श्रीमति पार्वती चन्द श्रीष नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ ।

भारतमा बेचिएकी म्याग्दीकी एक महिलाको १६ वर्षपछि आफन्तले उद्धार गरी मानव बेचबिखन ब्यूरोमा परेको जाहेरीका आधारमा विगत डेढ दशकदेखि भारतमा कोठी सञ्चालन गर्ने मानव तस्कर जसबहादुरको पहिचान खुलेको हो । विपन्न परिवारका यूवती, विवाहित र पारपाचुके गरेका महिलालाई आर्कषक जागिरको प्रलोभनमा मानवतस्कर श्रीषले सिमापारी लैजाने गरेको अनुसन्धानबाट देखिएको छ ।

कोठी (वेश्यावृत्तिका लागि तोकिएका घर) सञ्चालन गर्ने महिलासँग सम्बन्ध जोडिएपछि जसबहादुरले बेला–बेलामा नेपालमा आएर आफन्तको घरमा काम लगाई दिन्छु भन्ने बहानामा सिमाना नजिकको बस्तीमा पु¥याउने र बेहोस हुने औषधि खुवाएर भारतको पैसा आउने कोठीमा पु¥याएर बिक्रीमा सक्रिय छन् ।

उनले भारतमा रहेका आफन्तहरूलाई भेटाउने बाहनामा नेपालबाट चेलिबेटी लैजाने र बिचबाटोबाटै ‘रेड लाइट’ क्षेत्रमा कोठीमा बिक्री गर्ने गरेको उद्धार गरिएकी युवतीको बयानका तथा श्रीमति र छोरीको प्रारम्भीक भनाईबाटै पुष्टी भएको छ । गाउँमा समेत आफन्त पर्ने एक महिलामाथि अनैतिक सम्बन्धका कारण लामो समय भारतमै बसेर बेला–बेलामा लुकिछिपी घरमा आउने परेको स्थानीयले बताएका छन् ।

जसबहादुरको सहयोगमा भारतसम्म पुगेकी एक महिलाको उद्धारपछि पीडितले दिएको जाहेरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोमार्फत गत माघ ४ गते मोटरसाईकलमा पुगेको म्याग्दी प्रहरीको टोलीले मुख्य अभियुक्त जसबहादुर र उनीकी श्रीमती र छोरी रेखा चन्द मगर लाई लिएर स्थानीय सवारीसाधनबाट बेनी आउँदै गर्दा बिरामीको बाहना बनाएर बनाएर एक्कासी प्रहरीमाथि नै हातपात गरी भागेको थिए।

परिवारको नागरिकता बनाउन दशैं अगाडी नै नेपाल आएका जसबहादुर केही समय पोखरा र सदरमुकाम बेनीमा कोठा भाडामा लिएर समेत बसेपछि माघ ३ गते साँझ मात्रै गाउँमा गएका थिए।

प्रहरीको कब्जाबाट भागेका जसबहादुर भारतको ‘रेड लाइट’ क्षेत्रमा कोठी सञ्चालन गरेर बेचबिखन फस्टाएपछि समय–समयमा हुलिया परिवर्तन गरी नेपाल प्रवेश गर्ने गरेपनि लामो समयपछि परिवार नै लिएर गाउँमा आएका थिए ।

उनले आफन्तमार्फत वडा कार्यालयमा हतार–हतारमा नागरिकत र विवाह दर्ता गरी पुनः भारतमै रहेको ब्यवसायमा फर्किन चाहेको बताएपछि वडाका जनप्रतिनिधिले समेत शंका गरेका थिए ।  ‘तत्कालै नागरिकता निकालेर भारत जान खोजेका थिए,‘मानवतस्करी पो रहेछन’ वडा अध्यक्ष पदमबहादुर पुनले भने। उनले गाउँ गएको भोलीपल्ट नै नागरिकताका लागि सिफारिस माग्न आएपनि थप बुझ्न पर्ने बताएपछि फर्किएका थिए ।

लगत्तै प्रहरीको टोली पुगेपछि वडा अध्यक्ष सहित जनप्रतिनिधिको सहयोगमा जसबहादुर,उनकी श्रीमति र छोरीलाई स्थानीयको सवारीसाधनमा हालेर बेनी पठाइएको थियो । गाउँको बसाईको क्रममा भारतमा आफूले धेरै युवतीलाई लगेर राम्रो जागिर दिएका समेत बताउने गरेका थिए ।

कलिलै उमेरमै अनैतिक गतिविधिमा संलग्न भएका जसबहादुरको भनाईलाई स्थानीयले विश्वास गरेका थिएनन् । मानवतस्कर जसबहादुरले बेलाबेलामा गाउँमा आफन्तलाई समेत फोन गरेर समेत महिलालाई रोजगारी दिने बारेमा बताउने गरेको वडा सदस्य रत्नबहादुर जिसीले बताए ।

‘अपराधीक मानसिकताको मान्छ हो,‘अर्काको श्रीमतिलाई समेत श्रीमान भेटाउने बाहनामा लागेर फसाएको छ’जिसीले भने। उनले बेला–बेलामा आउने गरेको बताइएपनि बषौंपछि पहिलोपटक भेटेको बताए । भकिम्लीका स्थानीयले गाउँकै बदनाम गरेको भन्दै विगतमा समेत गाउँ नफर्किने गरी पटक–पटक लखेट्ने गरेको पाइएको छ ।

Leave a Reply