सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० का लागि घोषणा गरेसँगै आजकै मितिसम्म मतदाता नामावली दर्ता गर्नेहरु मात्रै आसन्न स्थानीय निर्वाचनमा उम्मेदवार र मतदाता बन्न पाउने भएका छन् ।

सरकारले निर्वाचनको घोषणा गरेको दिनपछिका दर्ता भएका मतदाताले स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अधिकृत भिमप्रसाद घिमिरेले बताउनुभयो । उहाँका अनुसार भोलीदेखि मतदाता नामावली संकलन गर्न बन्द गरिने छ ।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा दर्ता भइरहेको मतदाता नामावली दर्ताको काम भइरहेको अवस्थामा अव उक्त कार्य बन्द हुने र नयाँ र पुरानो मतदाताको विवरण अध्यावधिकको काममा केन्द्रित हुने अधिकृत घिमिरेको भनाई छ । अवको डेढ महिनाभित्र जिल्लाभित्र स्थानीय तहको निर्वाचनमा मताधिकार भएका मतदाताको नाम सार्वजनिक हुने छ ।

बेनी नगरपालिका बाहेक जिल्लाका सबै ५ वटै स्थानीय तहमा मतदाता नामावली संकलन गरिएको थियो । म्याग्दीका स्थानीय तहमा थपिएका नयाँ मतदाताको संख्या नै निर्वाचनका निर्णायक भएको अनुमान गरिएको छ । जिल्लाभित्र र बाहिर बसोबास गर्ने स्थानबाट मतदाता नामावली दर्ता गराएकाहरुको अन्तिम विवरण आएपछि मात्रै कुल मतदाताको संख्या सार्वजनिक हुने छ ।

 

Leave a Reply