२५ बर्ष अघि कामको खोजीमा कांभ्रेको धुलिखेलबाट म्याग्दी आएका टंकलाल श्रेष्ठले बेनी नगरपालिका ९ गलेश्वरमा सुविधा सम्पन्न होटल संचालन गरेका छन् । गण्डकी प्रदेशको लाइफलाइन कालीगण्डकी कोरिडोर अन्तरगत उत्तर–दक्षिण जोड्ने बेनी-जोमसोम–कोरला सडक अन्तरगत गलेश्वर मुस्ताङ र म्याग्दी आउने पर्यटकलाई लक्षित गरेर होटल ताज महल लज एण्ड रेष्टुरेण्ट संचालनमा छ।

४० बर्षिय श्रेष्ठले मेहनतको कमाई र सिपलाई होटल क्षेत्रमा अघि बढाएका छन् । गलेश्जग्गासहित करिव ७ करोड लगानीमा १३ आना क्षेत्रफलमा पार्किङसहितको होटल स्थापना गरेका छन् । “सुविधासम्पन्न होटलमा एकसय जना पाहुनाहरु बस्न सक्छन, सुविधा अनुसारको एक हजार देखि तीन हजारमा रुपैयासम्मको ३६ वटा कोठा छन ।”

चारवटा कोठामा बाथटप, सबै कोठामा तातोपानी, स्नान र इन्टरनेट सुविधासहितको पुर्वाधार रहेकोे होटलमा मौलिक थकाली, इन्डियन, नेपाली खाजा र खानाको परिकारसहितको सेवाहरु रहेको संचालक श्रेष्ठले बताए ।

म्याग्दी मुस्ताङ आउने पर्यटकलााई विगत होटल सुविधा नहुदाँ बागलुङ, कुश्मा, पोखरा पठाउनुपर्ने अवस्थाको अनुभवको कारण कोभिडको महामरी विचमा भविष्यलाई मध्यनजर गरेर ठुलो लगानीमा होटल निर्माण गरेको बताए । होटलमा काम गर्दाको अनुभव र कमाई प्रयोग गरेर होटल सुरु गरेको श्रेष्ठले भने ।

श्रेष्ठ विस २०५३ सालमा कामको खोजीमा म्याग्दी हुदै मुस्ताङ पुगेका थिए । मुस्ताङको कालापानी होटलमा साढे ५ बर्ष, होटल यतीमा ९ बर्ष काम गरेको श्रेष्ठले भने । गलेश्वरमा रिभरसाइड होटल भाडामा लिएर चलाउनुभयो । त्यसपछि आफ्नै लगानीमा मदरल्याण्ड होटल ५ बर्ष चलाएपछि सुविधा सम्पन्न नयाँ होटल संचालनमा लइाएका छन् । होटल ब्यवसायलाई अघि बढाउन श्रेष्ठलाई श्रीमती दुर्गा श्रेष्ठको सहयोग रहेको छ । पछिल्लो समय म्याग्दीका पर्यटकियस्थलमा पर्यटक केन्द्रित पर्यटन पुर्वाधार निर्माणमा निजी क्षेत्रको ब्यक्तिगत लगानी बढेको छ । पत्रकार धिरेन खत्रीको सहयोगमा

Leave a Reply