म्याग्दीमा कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाइसकेका सबैलाई तेस्रो खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले आगामी फागुन १–१० गतेसम्म सबै स्थानीय तहमा दोस्रो खोप लगाएर ६ महिना पुगिसकेकालाई बुष्टर लगाइने छ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले स्थानीय तहले आफ्नो कार्यतालिका बनाएर बुष्टर खोप लगाउने बताउनुभयो । कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप अनिवार्य लगाउनुपर्ने प्रमुख लम्सालको भनाई छ ।

‘खोप जत्ति पनि उपलब्ध भएकाले लगाउन स्वास्थ्य केन्द्र जान सबैमा आग्रह गर्छु,‘खोप नलगाउनेहरुलाई संक्रमण भएमा ज्यानकै जोखिम हुन्छ’ प्रमुख लम्सालले भन्नुभयो ।

यसैबीच पहिलो खोप नलगाएका र दोस्रो छुटेकाले समेत खोप केन्द्रमा गएर लगाउन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ । म्याग्दीमा खोपको सुनिश्चितता र धेरैले पहिलो र दोस्रो मात्रा समेत लगाएको अवस्थामा तेस्रो लहरमा जटिल समस्या न्यून र मृत्युदर समेत सुन्य रहेको छ ।

Leave a Reply