एक बर्षअघि सडक दुर्घटनामा परि गम्भीर घाईते भएका मालिका गाउँपालिका–१,निस्कोटका नरबहादुर सिउथानीलाई प्रवासबाट करिब ५ लाख आर्थिक सहयोग गरेका छन् ।

बेनी नगरपालिका-४,तातोपानीमा बोलेरो दुर्घटनामा घाईते चालक सिउथानीको दाहिने खुट्टा फ्याक्चर तथा शरीरका विभिन्न भागमा चोट लागेपछि उपचारमा आर्थिक अभाव भएपछि विभिन्न देशमा रहेका मालिकाबासीले ५ लाख १२ हजार ७ सय रुपैयाँ गरेका छन् । निस्कोटका भ बहादुृर पुनको संयोजनमा संकलित रकम सिउथानीलाई एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।

आर्थिक स्थिती अत्यन्तै कमजोर भएकै कारण खर्चको अभावमा उपचार रोकिएपछि अभियान सञ्चालन गरिएको संयोजनकर्ता पुनले बताए । ‘उपचारमा भएको सबै सम्पत्ती रित्तिएको छ,‘पटक–पटक अप्रेसन गर्नुपर्छ,‘थप सहयोगको आवश्यकता छ’ पुनले भने ।

सोही अवसरमा पीडित सिउथानीले आर्थिक सहयोगले उपचार सहज भएको बताए । उनले सुगरका कारण अप्रेसन सहित निको हुन समय लागेको बताउँदै पटकपटक अप्रेसन गर्नुपर्ने अवस्थामा घरबाट खर्च जुटाउन समेत समस्या भएको बताए । उपचारमा आर्थिक संकलन नभएको भए आफ्नो ज्यान नै जोगिने अवस्था नभएको सिउथानीको भनाई छ ।

उपचार अभियानमा मालिका गाउँपालिका निस्कोट, देविस्थान, रुम र ओखरबोटबाट प्रवासमा रहेकाले अभियान सञ्चालन गरेका थिए । सिउथानी उपचार अभियानले थप आर्थिक सहयोग संकलन जारी रहेकाले अभियानको समाप्तीपछि सम्पूर्ण दाताको विवरण सार्वजनिक गर्ने जनाएको छ ।

आर्थिक सहयोग संकलन गर्ने संयोजनकर्ता
१) भिमलाल सापकोटा मालिका-१ हाल कतार ५८ हजार १६१
२)मनबहादुर पुन मालिका-२ रुम ४५ हजार २७४
३) कमल फागामी मालिका-५ देविस्थान हाल पोर्चुगल ९४ हजार ३११
४)सपना मल्ल मालिका-१ हाल फ्रान्स ७५ हजार
५)लोकमान घर्ती मालिका-१ निस्कोट हाल अमेरिका १ लाख ११ हजार ५५९
६)दिपक मल्ल मालिका-१ साउदी अरव ३१ हजार १९८
७)हिरा पटेल, प्रताप मल्ल,चन्द्र बोहोरा, प्रेम सिउथानी, नवराज सापकोटा, संगिता उदासी, खम सिउथानी, नरबहादुर पुन, दिपक पुन, एलिसा पुनबाट ९७ हजार १ ४२ रुपैयाँ

 

 

 

Leave a Reply