अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

तोरीबारीमा घुम्नेलाई भेषभुषा भाडामा दिएर सहकारीलाई आम्दानी

On: February 10, 2022 10:30 AM
Follow Us:

पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक संजालमा बेनी नगरपालिका-१,रत्नेचौरको तोरीबारीको थामिनसक्नु भिड भाइरल भयो। म्याग्दी, बागलुङ र पर्वत सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट रत्नेचौरमा पहेँलपुर फूलेको तोरीबारीमा ताँती नै लाग्यो ।

तोरीबारीमा घुम्न गएका धेरैजसो यूवतीहरू फाँटमा पहेँलपुर तोरीबारीमा मखमली चोलो र पोलिस्टरका गुन्यूँ, पटुका, गरगहना,बाला, कानमा माडवारी, तिलहरी, औंठी, चुरा जस्ता जनजातिको संस्कृति र भेषभुषा झल्किने पोशाकमा समेत सजिए ।

रत्नेचौरको फाँटमा सयौं तन्नेरी पुगेर दैनिक तोरीबारीलाई फेसबुक,टीकटक, इन्स्टाग्राममा कैद मात्रै गरेनन् रत्नेचौर महिला बचत तथा ऋण सहकारीले जनजातिको पोशाक भाडामा दिएर एक महिनामै करिब ६० हजार आम्दानी गरेको छ । सहकारीले आफ्नो सहकारीको साधारण सभा तथा समुदायस्तरमा आयोजना हुने कार्यक्रमलाई लक्षित गरी ३० हजारमा १० सेट खरिद गरेको सहकारीक सचिव सुलोचना केसीले बताउनुभयो ।

‘तोरीबारीले मगर समुदायको भेषभुषाको पनि प्रचारप्रसार भयो,‘शुल्कलाई जातिय पोशाक प्रर्वधनमै खर्च गछौं’ केसीले भन्नुभयो ।रत्नेचौरका महिलालाई आर्थिक, सामाजिक तथा आयर्आजनको क्षेत्रमा समेत सहयोग गर्ने गरेको सहकारीले तोरीबारीमा पोशाक प्रयोग गर्ने स्थानीयलाई रु १ सय र बाहिरबाट आउनेलाई रु २ सय रुपैयाँ लिने गरेको यिथो । केहीले आफुँसँगै भएको भेषभुषा समेत लिएर गएका थिए ।

सहकारीकी अध्यक्ष सुनिता बोगटीले आगामी बर्ष क्षेत्री सहित अन्य जातजातिको भेषभुषा समेत सहकारीमार्फत उपलब्ध गराउने योजना रहेको बताउनुभयो । ‘घुम्न आउनेहरुबाट रत्नेचौरको प्रचारप्रसार भएको छ,‘हामी निकै उत्साहित छौ’ बोगटीले भन्नुभयो । कोभिड–१९ को महामारीका कारण तोरीबारीमा धेरै भीडभाड बढेको हुँदा जिल्ला प्रशासन कार्यालय म्याग्दीले प्रवेशमा रोक लगाएको थियो ।

हिजोआज फाटफुट घुम्न जानेहरूले समेत पोशाका प्रयोग गर्ने गरेका छन् । म्याग्दी मगर समुदायको सांस्कृतिक रूपमा निकै धनी छ । यहाँ धर्म, संस्कृति र चाडपर्वहरू बाहेक सार्वजनिक कार्यक्रमहरुमा समेत मगर भेषभुषाको प्रयोग गर्ने गरिन्छ । मगर समुदाय गीत र नृत्यमा सोरठी, घाटु नाच, झयाउरे, मारुनी नाचको छुट्टै वर्चस्व रहेको छ ।