बेनी अस्पताल विकास समितिको अध्यक्षमा बेनी नगरपालिका वडा नं ६ अर्थुङ्गेका ज्ञानेन्द्रप्रसाद सुबेदी नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयबाट सुबेदीलाई अध्यक्षमा चयन गरेको हो । विगत केहि महिनादेखि रिक्त व्यवस्थापन समितिमा नयाँ अध्यक्ष चयन भएको जानकारी प्राप्त भएको अस्पतालका प्रमुख डा.जितेन्द्र कँडेलले जानकारी दिनुभयो ।

सुबेदी नेकपा माओवादी केन्द्र निकट हुनुहुन्छ । सुबेदीसँगै सदस्यहरुमा नेपाली कांग्रेस, एकिकृत समाजवादी सहित सत्ता गठबन्धनबाट र सदस्यहरुमा व्यवस्थापन समितिमा नगरपालिका प्रमुख र उद्योग वाणिज्य संघका अध्यक्ष पदेन सदस्य रहने प्रावधान रहेको छ।

यस अघि बेलबहादुर कटुवपाल अध्यक्ष रहेको व्यवस्थापन समितिको म्याद सकिएपछि अस्पताल व्यवस्थापन समिति रिक्त रहेको थियो। नयाँ अध्यक्ष चयन नहुदाँसम्म निर्वतमान अध्यक्ष कटुवालले निर्णय नहुने गरी अस्पतालको कार्यसम्पादनमा सहयोग गर्नुभएको थियो ।

नवनियुक्त अध्यक्ष सुबेदीले अस्पताल सञ्चालनमा सबै पक्षसँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले बेनी अस्पतालको उचाईलाई थप माथि लैजाने गरी चिकित्सक, स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने र सरोकारवाला निकायसँग सहकार्य गर्ने बताउनुभयो । यसअगाडीको कार्यकालमा अस्पतालभित्र भौतिक संरचना सहित अन्य आवश्यक सेवाहरु थपिएपछि विरामीको चाप समेत ह्वात्तै बढेको छ ।

 

Leave a Reply