स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा समेत विवादित निर्णय गर्ने भने छोडेका छैनन् । सामान्य र असान्र्दभिक विषयमा समेत सार्वजनिक विदा दिने स्थानीय तहको प्रतिस्पर्धाकै बिचमा पर्वतको एक स्थानीय तहले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

फलेवास नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठद्धारा जारी सूचनामा उल्लेख छ । नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघ–संस्थाहरूलाई बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको प्रमुख पदमपाणी शर्मा र उपप्रमुख मञ्जु अधिकारी बिच सम्बन्ध समेत राम्रो छैन् । दुबै नेकपा एमालेबाट निर्वाचित भएपनि तालमेल मिलेको छैन भने नगर सभा तथा अन्य दिनमा समेत उपप्रमुख मञ्जु अधिकारीले प्रमुख कै बराबर अधिकार प्रयोग गर्ने गरेकी छन् ।

नगर प्रमुख पौडेलले एक्लै अगाडी बढ्न खोजेको गुनासो गर्ने उपप्रमुखले आफ्नो जिम्मेबारी र अधिकारलाई प्रयोग गर्ने गरेको बताउने गरेकी छन् । यता नगरसभा सकिएको उपलक्ष्यमा विदा दिएको विषयमा सामाजिक सञ्जालमा फाइरल भएको छ भने नगरका जनप्रतिनिधिलाई कार्यकाल सकिने बेलाको नांगो नाच भनेर समेत टिप्पणी गरेका छन् । नगरपालिकाको सभा बुधबार सम्पन्न भएको थियो ।

Leave a Reply