म्याग्दी जिल्लाको दोस्रो ठूलो ब्यापारिक केन्द्र दरबाङ बजारमा नदी नियन्त्रण योजना सुरु भएको छ । मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण सुरु भएको हो ।

रु एक करोडभन्दा बढीको लगानीमा दरबाङ बजार संरक्षण योजना सुरु गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए। “दुई वटा प्याकेजमा काम सुरु भएको छ”, उनले भने “बर्खा अघिनै चैत महिनाभित्र नदी नियन्त्रणको काम सक्ने लक्ष्य सहित ठेकेदार परिचालन भएका छन् ।”

गाउँपालिकाले यसका लागि चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको थियो । प्रतिस्पर्धाका आधारमा कार्यशक्ति कन्ट्रक्सन काठमाडौले रु ६४ लाखमा ठेक्का सम्झौता गरेको छ ।

गाउँपालिकाका इञ्जिनीयर नमोनारायण ढुङ्गानाले ५६ मिटर लामो र सात मिटर अग्लो आरसिसी पक्की पर्खाल निर्माण गर्न लागिएको बतए ।

गत मङ्सिर २८ गते सम्झौता गरेका ठेकेदारले नदी किनारमा पर्खाल निर्माणका लागि खोलाको पानी डाइभर्सन गरेर जग खन्न सुरु गरेका छन् ।

गत वर्ष हिमालयन बिल्डर्स एण्ड कन्ट्रक्सनले रु ५६ लाखमा ठेक्का लिएको ४२ मिटर लामो र सात मिटर अग्लो आरसिसी पर्खाल निर्माण गर्ने योजनालाई पनि यसै वर्ष पूर्णता दिन म्याद थप भएको छ ।

सो योजनाका लागि रु। ८० लाख बजेट विनियोजन भएकोमा हिमालयन बिल्डर्सले रु। ५६ लाखमा ठेक्का स्वीकार गरेको थियो ।

गत असार १ गते म्याग्दी नदीमा बाढी आएपछि पर्खाल निर्माणको काम रोकिएको थियो । निर्माणाधिन पर्खालमा क्षति पु¥याएको बाढीले बजारतर्फ कटान गरेर एक वटा घर, जनप्रिय माबिको भवन र खेलमैदान भत्किएको थियो ।

थप कटान हुन नदिन म्याग्दी नदी किनारको जोखिमयुक्त सबै भागमा पक्की पर्खाल निर्माण गर्न लागिएको वडाध्यक्ष सन्तोष सुबेदीले बताए।

DofUbLsf] b/afª ahf/
a]gL, @ ;fpg -/f;;_M
DofUbL vf]nfsf] lsgf/df /x]sf] dflnsf ufpFkflnsf–^ b/afª ahf/ .
tl:a/ M sdn vqL

आर्थिक वर्ष २०७६\७७ मा मालिका गाउँपालिकाको रु। ५५ लाख र सङ्घीय सांसद भुपेन्द्रबहादुर थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु २५ लाखको बजेटबाट उपभोक्ता समितिमार्फत ४५ मिटर लामो, ७ मिटर अग्लो र ५० सेन्टिमिटर बाक्लो आरसिसी पक्की पर्खाल निर्माण भएको थियो ।

करिब तीन सय घरधुरीको बसोबास रहेको दरबाङ बजार पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटानको जोखिममा छ ।

विस २०७६ सम्म हिउँदमा ग्याबीयन पर्खाल निर्माण गर्ने र बर्खामा बाढीले बगाउने समस्या थियो । २०७७ मा निर्माण भएको आरसिसी पर्खाल कटान रोकथाममा प्रभावकारी बनेपछि सोही प्रविधिको पर्खाल बनाउने योजनालाई निरन्तरता दिएको वडाध्यक्ष सुबेदीको भनाइ छ ।

Leave a Reply