सुर्यालाइफ इन्स्योरेन्स कम्पनी बेनि शाखाले मृत्यु दाबि रकम भुक्तान सहित अभिभाबकत्व ग्रहण गरेको छ । शाखा अन्तर्गत सुर्या बाल साबधिक बिमा योजना अन्तर्गत बिमा गर्नु भएका छोरि को प्रस्ताबक कर्ण बहादुर खत्रीको निधन भएपछि रु ६ लाख १ हजार ७२३ रकम भुक्तान सहित उहाँको छोरिको १५ बर्ष सम्मको अभिभाकत्व कम्पनी ले ग्रहण गरेको छ ।

बेनि शाखामा आयोजित एक कार्यक्रम का बिच मृतक को परिवारलाई कम्पनी को सेवा सहित को पत्र शाखा प्रमुख भरत बहादुर रकालले हस्तान्तरण गर्नुभएको छ । शाखा प्रमुख रकालले बालबालिका को लागि सुर्यालाइफ ले धेरै ठुलो योजना र जिम्मेवारी बहन गरेको बताउनुभयो ।

दुइ किस्ता तिरेको उक्त पोलिसी को अब उप्रान्त किस्ता स्वयं कम्पनीले तिर्ने र ७५ महिना सम्म मासिक रु ५ हजार भत्ता छोरि को लागि कम्पनीले उपलब्ध गराउने जनाइएको छ । समय अबधि पुरा पछि बिमांक र बोनस सहित फेरि दाबि कर्ता प्राप्त गर्ने रकालको भनाइ छ ।

Leave a Reply