केही दिन अघि म्याग्दीको रघुगंगा गाउँपालिकाको राखुका एक यूवाको छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–२,की १७ बर्षिया बालिकाको विवाहको मिति टुङ्गियो। २७ बर्षिय साजन परियार (नाम परिवर्तन) बिहिबार जन्तीसहित दुहली लिन घरबाट निस्किए । बेहुलीको घरमा विवाहका लागि मण्डप तयार थियो ।

विवाहका लागि गाउँबाट हिडेको बेहुलाको टोली अचानक गलेश्वरमा रोकियो । बालिकाको विवाह गर्न लागेको प्रहरीमा दिएको सूचनाका आधारमा प्रहरीले विवाह रोकेको जानकारी पाएलगत्तै बेहुला पक्ष अलमलमा पर्यो ।

साइत गरेर हिडेका जन्तीले समेत गलेश्वरमा आएपछि बालविवाहको सुईको पाएका थिए । बालविवाहका बारेमा प्रहरीले जानकारी पाएलगत्तै विवाह रोकिएको स्थानीयको भनाई छ । जन्ती लिएर आउदैं गरेको खबर फोनका आधारमा प्रहरीको टोली विवाह घरमा पुगेको जानकारी पछि बेहुलापक्ष बाटोबाटै फर्किएको छ। केटा र केटी पक्षले विवाहका लागि बनाइएको योजना असफल भएको ।

जिल्ला प्रहरी कार्यालय पर्वतले उमेर नपुगि विवाह गरेमा बालविवाहको मुद्धामा थप अनुसन्धान गरिने जनाएको छ । म्याग्दी र छिमेकी जिल्ला पर्वतमा गरिबी, अशिक्षा लगायत विभिन्न कारणले कलिला बालबालिकाको विवाह गर्ने चलन रोकिएको छैन् । बर्षेनी लुकिछिपी बालविवाह हुने गरेको छ ।

बालविवाह रोक्न स्थानीय संघसंस्थामा आवद्ध विभिन्न समुहले पहल र सक्रियता देखाउने गरिएपनि न्यूनिकरणमा चुनौती देखिएको छ । छोरीलाई विवाह गरी पठाएर ढुक्क हुने गलत सोचले समेत बालविवाह रोक्न चुनौती थपिएको जानकारहरु बताउँछन् । अधिकांस बालविवाह बुबाआमाको सहमतिमा हुने गरेको छ। सरकारको नीति अन्तर्गत बालबालिकाको संरक्षणका लागि स्थानीय तहको भूमिका समेत प्रभावकारी देखिएको छैन् ।

Leave a Reply