कोरोना भाइरसका कारण बन्द भएको म्याग्दीका तातोपानी कुण्डमा स्नानका लागि फागुन १ गतेदेखि खुल्ला हुने भएको छ। शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)को बैठकले बेनी नगरपालिका–४,मा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्ने निर्णय गरेको हो ।

डिसिएमसीका संयोजक एवम् प्रजिअ चिरञ्जीवि रानाले जनस्वास्थ्यको मापदण्ड प्रयोग गरी तातोपानी कुण्डमा जिल्लाभित्र र बाहिरबाट आउने बिरामीलाई स्नान गर्न दिने निर्णय भएको बताउनुभयो ।भोली निर्णयका सबै विवरण सार्वजनिक हुन्छ,‘सार्वजनिक सेवा लिन सेवाग्राहीले अनिवार्ये खोप कार्ड प्रयोग गर्नुपर्छ’ प्रजिअ रानाले भन्नुभयो ।

डिसिएमसीको बैठकले निर्णय गरेपछि कुण्ड ब्यवस्थापन समितिले समेत सुरक्षा मापदण्ड पालना गरी खोप लगाएका, कोरोना परीक्षण गरेको रिपोर्ट भएका, ज्वरो, रुघाखोकी नभएकालाई कुण्डमा स्नानको सुविधा रहेको कुण्डले जनाएको छ ।

विदेशका ठूला तथा महंगो अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएका ३० हजारभन्दा बढी बिरामी वार्षिक रुपमा तातोपानीमा स्नान गर्न आउँछन् । मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सियसको तापक्रममा निस्कने विरेनुन स्वादको तातोपानी आउने गरेको छ ।

जमिनभित्रबाट बिरेनुनको गन्धसहित निस्कने तातातोपानीमामा नियमित नुहाउँदा छालासम्बन्धी रोग, ग्यास्टीक तथा अन्य बाह्य रोग निको हुने भएकाले वर्षेनी नुहाउनका लागि बिरामीहरु आउने गर्दछन् ।

गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा नुहाउँदा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ । कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या भएका बिरामीको चाप धेरै हुने गर्दछ । कोभिडको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अहिले मास्कलाइ अनिवार्य गरिएको छ ।

Leave a Reply