फागुन १ गतेदेखि म्याग्दीका सबै विद्यालयहरु खुल्ने भएका छन् । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले आइतबारदेखि भौतिक रुपमै विद्यालयको पठनपाठन सुरू गर्न स्थानीय तहलाई सिफारिस गर्ने निर्णय गरेको छ ।।

कोरोना (कोभिड १९) का कारण पुस अन्तिम साताबाट भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको थियो । कोरोना संक्रमण दर कम हुँदै गएको र विद्यार्थीहरुलाई कोरोनाको खोप लगाउने कार्य भइरहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरी पठनपाठनलाई नियमित गर्न समस्या नभएको बताइएको छ ।

बेनी नगर सहित पाँचवटै गाउँपालिका भित्रका विद्यालयमा संक्रमण बढेको अवस्थामा आवश्यक निर्णय गरी बन्द सकिने भएपनि अहिले जिल्लामा सो अवस्था नभएकाले आवश्यक सहजिकरण गरिने जनाइएको छ । विद्यालय बन्द भएपछि शैक्षिक संस्थाले भर्चुअल माध्यमबाट पठनपाठनलाई निरन्तरता दिएका थिए ।

Leave a Reply