कोरोनाभाइरस सङ्क्रमणको तेस्रो लहर ओमिक्रोन संक्रमणका कारण म्याग्दीमा बन्द रहेका सबै क्षेत्र फागुन १ गतेदेखि खुला गरिने भएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गदैं आइतबारदेखि नियमित सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) ले जनाएको छ ।

शुक्रबार बसेको डिसिएमसीको बैठकले कोरोनाको जोखिम कायमै रहेपनि लामो समयसम्म बन्दलाई निरन्तरता भन्दा जनस्वास्थ्यको मापदण्डको अनिवार्य पालना सहित खुल्ला गर्ने निर्णय भएको संयोजक एवम् प्रजिअ चिरञ्जीवि रानाले बताउनुभयो । ‘कोरोनाको जोखिम अझै टरेको छैन्,‘सेवा सुचारु गरेपनि मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्छ’प्रजिअ रानाले भन्नुभयो ।

जिल्लाभित्र खोपको पहुँचमै नपुगेका तथा दोस्रो र बुष्टर डोज नलगाएकालाई अनिवार्य खोप अभियानमा सहभागी हुन समेत अपिल गरिएको छ। त्यस्तै समुहमा खेलिने खेलमा भने क्षमताको जम्मा २५ प्रतिशत मात्रै उपस्थितमा सञ्चालन गर्न पाइने भएको छ । जिल्ला भित्र फुटबल, भलिबल जस्ता खेलकुदजन्य गतिविधिमा दर्शकको क्षमता अनुसार उपस्थितीको अवस्था अहिले नभएकाले कडाई गरिएको डिसिसिएसीले जनाएको छ ।

हाल विद्यालय तथा शैक्षिक संस्थाहरु, तातोपानी कुण्ड, समूहमा खेलिने खेल, स्विमिङ्ग पुल तथा त्यसको प्रशिक्षण, मनोरञ्जन स्थल तथा सिनेमा हल, जिम, धार्मिक स्थल लगायतका क्षेत्र बन्द छन् । खुल्ला गरिएको क्षेत्रका साथै सरकारी, वित्तिय तथा भिडभाड हुने होटल,रेष्टुरेन्ट तथा सार्वजनिक क्षेत्रमासेवा लिन भने सेवाग्राहीले अनिवार्य खोप लगायको कार्ड देखाउनुपर्ने जनाइएको छ ।

Leave a Reply