आगामी फागुन १ गते आईतबारको दिन बागलुङको ताराखोला गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । यहि माघ २५ गतेको कार्यपालिकाको बैठकको निर्णय अनुसार उक्त दिन ऐतिहासिक जनयुद्ध दिवस परेका कारण सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत प्रकाश गैरेले जानकारी दिए ।

विदाको दिन गाउँपालिकाको कार्यालय ,वडा कार्यालयहरु , स्वास्थ सस्थाहरु बिद्यालय एवं गाउँ पालिका अन्तरगतका सबै सरकारी कार्यालयहरु बन्द रहने जानकारी गराएको छ ।

जनयुद्धको समयमा यस क्षेत्रबाट २१ जना नागरिक शहिद भएका थिए भने २ जना बेपत्ता भएका थिए । शहिद र बेपत्ताको सम्झनामा जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको अध्यक्ष प्रकाश घर्ति मगरले जानकारी दिए । जनयुद्धको सयमा यस क्षेत्रमा तत्कालिन विद्रोही पक्षलाई ठुलो क्षती भएको थियो ।

Leave a Reply