नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती म्याग्दीको अध्यक्षमा अञ्जन खत्री चयन हुनुभएको छ । शुक्रवार बेनीमा सम्पन्न संगठनको चौथो जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा त्रिविक्रम शर्मा, महिला उपाध्यक्षमा रुपा विक, उपाध्यक्षमा गोविन्द पुन, सचिबमा खगेन्द्र विक, सह–सचिबमा सुदिप खत्री, कोषाध्यक्षमा नरेन्द्र विक लगायत चयन हुनुभएको छ ।

त्यसैगरि जिवन प्रसाद शर्मा आचार्य, शालिकराम पौडेल, विष्णु पौडेल सल्लाहकारमा चयन हुनुभएको छ । जिल्ला अधिवेशनबाट भिमबहादुर खड्का, शालिकराम पौडेल केन्द्रिय प्रतिनिधिमा चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै संगठनका केन्द्रिय सदस्य भिमबहादुर खड्काले कर्मचारीहरुका हक, हित र अधिकारका लागि संगठनले रचनात्मक पहलकदर्मी गर्दै आएको बताउनुभयो ।

????????????????????????????????????

अधिवेशनमा नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक रेशम जुग्जाली, गण्डकी प्रदेश कमिटि सदस्य ज्योति लामिछाने, बेनी नगरकमिटी अध्यक्ष शेरबहादुर केसी, लगायतले मन्तव्य राख्नुभएको थियो । जिल्ला अधिवेशन आयोजक समितिका संयोजक सुवास रेग्मीको अध्यक्षता, शालिकराम पौडेलको स्वागत खगेन्द्र विकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply