लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि आईको दशौं महाधिवेशनको प्रथम भ्वाइस डिस्ट्रिक्ट गर्भनरमा म्याग्दीका चन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न भएको अधिवेशनबाट लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष समेत रहनुभएका केसीले १ सय ८५ मत प्राप्त गर्नुभएको थियो ।

म्याग्दीका १० वटा लायन्स क्लबहरुको प्रस्ताबमा सन् २००७ देखि लायन्स अभियानमा सक्रिय केसीलाई रामबहादुर बस्यालको नेतृत्वको प्यानलमा उमेद्बार बन्नुभएको थियो । गर्भनरमा बस्याल,द्धितिय भ्वाइस डिस्ट्रिक्ट गर्भनर बिनोद ढुंगाना समेत निर्वाचित हुनुभएको छ ।

‘लायन्समा मेरो अर्को पाइला थपिएको छ,‘मलाई साथ र सहयोग गर्ने सबैप्रति आभारी छु’ केसीले भन्नुभयो । म्याग्दी जिल्लामा लायन्स अभियानको नेतृत्व गदैं जोन, रिजन लगायत क्लवका विभिन्न जिम्मेबारीलाई सफलतापूर्वक भूमिका निर्वाह गर्न सफल हुनुभएका केसीले लायन्स क्लबको पढाउ अभियानको नेतृत्व समेत गर्नुभएको थियो । केसीले म्याग्दी जिल्लाबाट लायन्समा प्रतिनिधित्व गदैं थप योजनाहरुमा जिल्लाबासीसँग सहकार्य गर्ने बताउनुभएको छ ।

म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्षसमेत रहेका केसीले कलेजोको समस्याबाट ग्रसित एक बालिकाको जीवन बचाउन आफ्नो कलोजोको केही अंश दान समेत गर्नुभएको थियो । जिल्लामा लायन्सका अहिलेसम्मका ठूला अभियान तथा सहयोग प्रथम भ्वाइस डिस्ट्रिक्ट गर्भनर केसीकै नेतृत्वमा आएको छ ।

लायन्स क्लब मार्फत किसानी प्राबिधिक शिक्षालय बिम र गलेश्वर माबी तोरीपानीमा आठ आठ कोठे र नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । बेनी अस्पतालमा स्वास्थ्य उपकरण सहयोग गरेको क्लबले पहिरोको बिपद्को समयमा पनि जिन्सी तथा खाद्यान्न राहत सामग्री उपलब्ध गराएको थियो ।

Leave a Reply