मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) म्याग्दीले सदरमुकाम बेनीमा विरोध प्रदर्शन गरेका छन्।

करिब ५० मोटरसाईकल र्यालीमार्फत बेनीबजार परिक्रममा गरेका समाजवादी निकट जनवर्गिय संगठनहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्ने जस्ता नारा लगाउँदै बजार परिक्रममा गरी बिरेन्द्रचोकमा आयोजित सभामा जिल्ला संयोजक कृष्णकुमार विश्वकर्माले जनताको भावना र राष्ट्रियताको बिरुद्धका कुनैपनि सम्झौताको पक्षमा नरहेको बताउनुभयो।

‘संविधान जोगाउन पार्टी विभाजन भयो,‘राष्ट्रियताका लागि आवश्यक परे अर्को आन्दोलनमा जान्छौ’ संयोजक विश्वकर्माले भन्नुभयो । उहाँले संविधान विपरित प्रतिनिधिसभा विघटन गर्दा नेकपा एमालेबाट अलग भएको बताउँदै एमसीसी सम्झौता राष्ट्रघाती भएकाले सडक आन्दोलनमा आएको बताउनुभयो ।

नेपालको संविधान अनुकुल हुनुपर्ने बताउँदै अनुदानको नाममा हस्तक्षेप गर्न नपाइने बताउनुभयो । उहाँले यथास्थितीमा एमसीसी सम्झौता तत्काल फिर्ता हुनुपर्ने नभए आफ्नो पार्टीले शसक्त प्रतिकारको चेतावनी समेत दिनुभयो । बिरोध सभामा नेकपा समाजवादीका जिल्ला नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । विरोधसभाको सञ्चालन कार्यालय सचिव रुद्ध किसानले गर्नुभएको थियो ।

Leave a Reply