बेनी नगरपालिका-१, रत्नेचौरमा यात्रुको चापलाई मध्यनजर गरी अस्थायी टिकट काउन्टर सञ्चालन गरिएको छ । धौलागिरी यातायात प्रालिले बेनी–बागलुङ सडकखण्डबाट नियमित बस सेवा दिने भएपछि रत्नेचौरमै टिकट बिक्री काउन्टर राखिएको हो । बेनी हुदै पोखरा, काठमाण्डौ, बुटवल, भैरहवा तथा देशका विभिन्न क्षेत्रमा आवतजावत गर्ने बेनपा १ र २ वडाका बासिन्दाका साथै छिमेकी बागलुङको कुँडुले, मालिका र बान्द्रे क्षेत्रका बासिन्दालाई सहज हुने भानु माविका प्रधानध्यापक भरत खत्रीले जानकारी दिनुभयो ।

‘बस सेवाले सहज भएको छ,‘ यसअगाडी बेनी र बागलुङमा जानुपर्ने अवस्था थियो’ खत्रीले भन्नुभयो । उहाँका अनुसार रत्नेचौरमा अवस्थित रोका किराना तथा खाजा पसलमा अस्थायी रुपमा काउण्टर राखिएको छ । दिवा र रात्री सेवाका लागि तत्काल काठमाण्डौ र सुनौलीका लागि २÷२ वटा एसी डिलक्स बस सञ्चालन गरिने छ ।

टिकट काउण्टरलाई भविस्यमा यात्रुको चाप तथा सेवालाई मध्यनजर गरी स्थायी समेत बनाउन सकिने स्थानीय जनप्रतिनिधिको भनाई छ । सेवा विस्तारका लागि आयोजित कार्यक्रममा वडा अध्यक्ष टेकबहादुर रावल, धौलागिरी यातायात ब्यवसायीका अध्यक्ष उमेश केसी लगायतको उपस्थिती रहेको थियो । सुरक्षित यात्राका लागि चालक तथा सहचालक र यात्रु सबैकोको साथ भएमा सेवा विस्तारमा सहज हुने बताइएको थियो । रत्नेचौरको तोरीबारीका कारण पछिल्लो समय भाइरल भएको छ ।

Leave a Reply