मुट रोगबाट ग्रसित म्याग्दीको बेनी नगरपालिका-१०,पात्लेखेतका दलित अगुवा याम किसानको उपचारमा आर्थिक समस्या भएको छ ।लामो समयदेखि औषधी सेवन गरिरहनुभएका किसानको थप उपचार आर्थिक अभावकै कारण रोकिएको छ ।

मुटुको ३ वटा भल्बमा खराबी देखिएपछि शल्यक्रिया गर्नुपर्ने भएपछि उपचारमा याचना गर्नुभएको छ ।सानै उमेर देखि मुटुमा सामान्य समस्या देखिएको किसानले बि.स २०७५ सालमा मुटुरोग बिशेषज्ञ भगवान कोइरालालाई देखाउनुभएको थियो ।

डा. कोइरालाको परामर्शमा औषधी सेवन गरेपनि थप समस्या देखिएपछि आगामी साता शल्यक्रियाको तयारी भएको अवस्थामा आर्थिक समस्या भएको किसानले बताउनुभयो । ‘औषधीले निको नभएपछि सल्यक्रिया नै गर्नुपर्ने भएको छ,‘अब पनि ढिलो गरे ज्यानकै जोखिम छ’ पीडित किसानले भन्नुभयो। किसानको १ भल्ब साँघुरो भएको र अर्को भल्बमा प्वाल परेको छ ।

डा. कोइराला, डा. अनिल भट्टराई सहितको टोलीले अस्पतालमा भर्नाका लागि बोलाएपनि लामो समयसम्म उपचार तथा नियमित औषधी सेवनमा आवश्यक पर्ने आर्थिक जोहो गर्न नसक्दा समस्या भएको किसानले बताउनुभयो । ‘करिब ८लाखभन्दा बढी खर्च हुन्छ,‘सबैको सहयोगबाट मेरो उपचार सम्भव छ’ किसानले भन्नुभयो ।

लामो समयदेखि दलित आन्दोलनमा सक्रिय किसानको पारिवारिक अवस्था अत्यन्त नाजुक छ । शल्यक्रिया अगाडी औषधी सहितको प्रक्रियामा साढे दुई लाख धरौटी राख्नुपर्ने तथा अन्य उपचारमा समेत खर्च हुने भएपछि पुस्कर बिश्वकर्माको संयोजकत्वमा ‘याम किसान उपचार सहयोग संकलन समिति’ गठन गरि अभियान संचालन गरिएको छ ।

समितिको सहसंयोजकमा लालु किसान र सदस्य सचिवमा अमित बिश्वकर्मा रहनुभएको छ । समितिले आर्थिक संकलन अभियानलाई देश तथा बिदेशमा रहेका विभिन्न म्याग्देलीहरु समक्ष पुराउने र आर्थिक सहयोगको अपिल गर्ने कार्यलाई अगाडि बढाएको छ ।

Leave a Reply