बेनी नगरपालिका-१, रत्नेचौरमा रहेको सयौं बर्ष पुरानो मानवनिर्मित पोखरी पर्यटकको पखाईमा रहेको छ। तोरीबारीले भाइरल भएको रत्नेचौरमा साविकको धौलागिरि अञ्चलकै पहिलो पोखरीको ओझेलमा पर्यटकीय गन्तव्य बनाउन दिर्घकालिन योृजनासँगै काम अगाडी बढेको छ ।

यसबर्ष तोरीबारीमा सयौं आन्तरिक पर्यटकको घुईचो लागेपछि पोखरीको मर्मत तथा स्तरोउन्नतीमा वडा कार्यालयले चालु आवमा २ लाख बजेट विनियोजन गरेकोमा दीर्घकालीन बिकास र प्रबर्द्धनका लागि संघीय सरकारमा १८ लाखको डिपिआर पेश गरिएको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

‘घुम्न आउने पर्यटकलाई पोखरीले पनि आर्कषित गरेको छ,‘आसपासका क्षेत्रमा थप पूर्वाधार विस्तारको तयारीमा छौ’ अध्यक्ष रावलले भन्नुभयो । उहाँले विगतमा पोखरी मर्मत तथा केही पूर्वाधार थपिएको बताउँदै पर्यटकलाई घुम्ने, तस्वीर, भिडियो लिन मिल्ने गरी थप संरचनाहरुका लागि समेत बजेट माग गरिएको छ ।

रत्नेचौरमा घुम्न आउनेलाई पोखरीलाई स्विमिङ पुल सहितको थप संरचना बनाएर दिनभरी पोखरी तथा आसपासका क्षेत्रमा घुमेर विताउने गरी पूर्वाधार बनाइने भानु माध्यमिक बिद्यालयका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो ।

‘पोखरीको इतिहासले समेत पर्यटकलाई आर्कषित गर्ने छ,‘पुरानो इतिहास देखाउँदै नयाँ संरचनामा बनाउन जुटेका छौ’ प्रअ खत्रीले भन्नुभयो । पोखरीबाटै विश्वकै सातौ अग्लो धौलागिरी सहितको हिमश्रृंखला सहित तोरीबारी तथा आसपासका रमणीय दृष्य देखिन्छ ।तत्कालीन समयमा सिँचाइ, गाईबस्तुलाई खुवाउन र कपडा धुनका लागि पानी संकलन गर्ने उद्देश्यले स्थानीयवासीले पोखरी निर्माण गरेका थिए ।

एकसय मिटर लम्बाइ, सत्तरी मिटर चौडाइ र पाँच फिट गहिराइ भएको पोखरीलाई रत्नेचौरमा मानवबस्ती विस्तारसँग जोड्ने गरिएकोपुर्व गाविस अध्यक्ष समेत रहेका ८७ वर्षीय टंकराज महतले बताउनुभयो । रत्नेचौरमा लामो झोलुङ्गे पुल, निर्माणधिन अवस्थामा रहेको छ भने क्षेत्रीयस्तरको खेलमैदान, कालोपत्रे सडक तथा अन्य पूर्वाधारहरुले घुम्न जाने पर्यटकलार्इ आर्कषित गर्ने गरेको छ ।

बुढो पोखरीको इतिहास
बुढोपोखरी तत्कालिन राजा गिर्वाणयुद्धको इतिहाससँग जोडिएको छ । राजा गिर्वाणयुद्धका मिरसुब्बा (अहिलेको स्वकीय सचिव) रहेका रत्नेचौरका वसन्त बोगटीले विसं १८६६ मा राजाको इच्छामुताबिक सो पोखरी निर्माण गरेका थिए ।

तत्कालिन समयमा रत्नेचौरामा पानीको हाहाकार भएपछि पातलो मानबस्ती नै विस्थापित हुने अवस्थामा गाउँमा कतै पनि पानीका स्रोत नभएपछि ढोडेनीबाट पानी बोकेर खाने, सरसफाइ गर्ने र पशु चौपायालाई खुवाउने गर्नुपर्दा स्थानीयले भोग्नुपरेको समस्यालाई मध्यनजर गरी पोखरी बनाइएको थियो ।

साविकको धौलागिरी अञ्चल भित्र प्राकृतिक पोखरी भएपनि मानवनिर्मित पोखरी यो भन्दा ठुलो छैन् । खानेपानीको अभावले आजित स्थानीयले निकै मेहनत गरी पोखरी बनाएका थिए ।

बि.स २०२२ सालमा खिचिएको बुढोपोखरीको तस्वीर

स्व. वसन्त बोगटीले यो कुरा राजा गिर्वाणयुद्धलाई सुनाएपछि राजाको इच्छाअनुसार नै पोखरी निर्माण गरी ढोडेनी खोलासम्म नहर बनाई पानी संकलन गरिएको थियो । ठूलो संख्यामा जनशक्ति प्रयोग गरी पोखरी निर्माण गरेपछि रत्नेचौरमा खेतीपाती गर्न थालिएको थियो ।

पोखरी आसपासको क्षेत्रमा बगैंचा विस्तार गर्न ७ रोपनी जग्गा छ । ढोडेनी खोलाबाट ल्याइएको पानी पोखरीमा हालेर अहिले नयाँ स्वरुपमा मर्मत सम्भार गरिएको छ ।

बेनी–रत्नेचौर सडकखण्डको छेउमै रहेकाले पोखरीमा पुगेर तस्वीर सहितको दृष्य लिने गरिएपनि जति चर्चा हुनपर्ने थियो त्यती हुन नसकेको स्थानीय यूवा सन्तोष महतले बताउनुभयो । पोखरीमा हिमालको छाया पर्दा निकै आर्कषण देखिन्छ । पोखरीको इतिहासलाई राखेर प्रचारप्रसार गर्न सकेमा थप पर्यटक भित्राउन ुसहज हुने ृस्थानीयको भनाई छ ।

 

Leave a Reply