बागलुङमा शाखा कार्यालय रहेको एक सहकारीले एटीएम सेवा सुरु गरेको छ । भक्तपुर जिल्लामा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बागलुङमा रहेको शाखामा एटीएम सेवा सुरु गरेको हो । फाल्गुन २ गते सोमबार एक कार्यक्रमका बीच बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल द्वारा एटीएम सेवाको उद्घाटन गरिएको हो ।

सहकारीमा आबद्ध ब्यक्तिहरुलाई सहज र सरल बैकिङ्ग सेवा दिने उदेश्य बागलुङमा एटीएम सेवा शुरू गरेको सहकारीका बागलुङ शाखा प्रमुख बिष्णु भुसालले बताए । भक्तपुरमा मुख्य कार्यालय रहेको सहकारी संस्थाले आफ्नो शेयर सदस्यलाई सुविधा दिने उदेश्यले बागलुङ सदरमुकाममा रहेको शाखा एटीएम सेवा सञ्चालनमा ल्याइएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पाैडेलले सहकारी संस्थाहरुलाई पनि बैंक सरह पेपरलेश (कागजरहित) प्रविधिमा रुपान्तरण गरि सहकारी संस्था थप पहुँचयुक्त बनाउनुपर्नेमा र ३ खम्बे अर्थ निति अनुसार सहकारी अगाडि बढिरहेको निजी क्षेत्रमा ठूलो याेगदान गरिरहेकाे पाैडेलले बताए ।

सहकारीले चाहेमा बागलुङ नगरपालिकाले हाट बजारको लागी तयार गरेको स्थल उपलब्ध गराउन पहल गर्ने समेत प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जीवन आचार्यले सहकारीको अर्थ सहकार्य भएको भन्दै सहकारी मर्म र भावनालाई आत्मसाथ गर्दै शेयर सदस्यलाई सर्वशुभल रुपमा सेवा दिनुपर्ने धारणा राखेका थिए ।

सहकारीले किसानलाई लक्षित गरि कृषि उपज खरिदबिक्री केन्द्र संचालन गरिसकेको दाङ जिल्लामा जग्गा खरिद गरि राेल्पा रूकुमका किसानलाइ फाइदा पुग्ने अदुवा बेसार सुकाउने अत्याधुनिक प्लान्ट समेत स्थापना गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमले बताए । काेराेनाकाे जाेखिम कायमै रहेको समयमा सहकारीले प्रविधि मैत्री काम अगाडि बढाउने अभियानमा एटीएम सेवा ल्याएको र आगामी दिनमा थप सुविधा बिस्तारमा जोड दिने सहकारीका अध्यक्ष सुशील बानियाँले बताए ।

मुलुकका विभिन्न २५ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको संस्थाले शेयर सदस्यलाई सरल र सहज वित्तीय सेवा दिन यस अगाडि नै मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको जनाएको छ । सहकारीले देशभरका २५ वटा सेवा केन्द्र र मार्ट मार्फत ६९७ जना युवाहरूलाई प्रत्येक्ष राेजगारी दिइरहेको अध्यक्ष बानियाँले बताए ।

Leave a Reply