अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दी बिम समाज युकेको अध्यक्षमा कर्ण जुग्जाली

On: February 15, 2022 9:35 AM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिमबाट विभिन्न सिलसिलामा यूकेमा पुगेका बिमबासीको साझा संस्था म्याग्दी बिम समाज युकेको अध्यक्षमा कर्ण जुग्जाली चयन हुनुभएको छ । समाजको उपाध्यक्षमा मन्दिप जुग्जाली, सचिब रबिन पुन,कोषाध्यक्षमा प्रविन राना, सह–सचिबमा नेत्र फगामी र सह–कोषाध्यक्षमा श्री झलक शेरपुन्जा सर्वसम्मत हुनुभएको छ ।

समाजको कार्यसमिति सदस्यहरूमा बिष्णु जुग्जाली, जालमाया गर्बुजा, मनदेवी जुग्जाली,कोपिला जुग्जाली, भुमी फगामी, मन बहादुर पुन, खिम जुग्जाली, चित्र पाईजा,लक्मन पुन रहेको उपाध्यक्ष मन्दिप जुग्जालीले जानकारी दिनुभयो ।

अधिवेशनमा मोना युकेका निबर्तमान अध्यक्ष तथा समाजका सल्लाहकार श्री दल जुग्जाली,समाजका सदस्य सिजिसी दिप प्रसाद पुन लगायतको उपस्थिती रहेको थियो । समाजका सह–कोषाध्यक्ष प्रबिण रानाले२ बर्षको कार्यकाल भित्रको आयविय विवरण प्रस्तुत गर्नुभएको थियो ।

म्याग्दी बिम समाज युकेको स्थापना काल देखि १४ औँ बर्षको पाईला टेक्दा सम्ममा तीन अध्यक्षले विम गाउँका लागि एक करोड, छैसठ्ठी लाख, ४२ हजार, ७९१ रुपैयाँ बराबरको सहयोग गरिएको प्रतिवेदन निर्वतमान सचिव मन्दिप जुग्जालीले पेश गर्नुभएको थियो ।

समाजका सल्लाहकार मनि बहादुर जुग्जालीले मोना यूकेको नेतृत्व गरेर सफलतापूर्व हस्तान्तरण गर्नुभएका दल जुग्जालीलाई धन्यवाद सहित बधाई दिनुभएको थियो भने जुग्जालीले समेत आफ्नो मोनाको नेतृत्वमा बिमसबाीको ठूलो सहयोग रहेको बताउनुभयो । अधिवेशनको अध्यक्षता गर्नुभएका कृष्ण जुग्जालीले बिमबासीको एकता र सहयकार्य भविस्यसम्म निरन्तर रहने बताउनुभयो । बिममा शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्तीमा परेका, धार्मिक तथा पर्यटन, लघुजलविद्युतमा यूकेबाट बिमबासीको सहयोग रहेको छ ।