मृगौला रोगबाट ग्रसित बेनी नगरपालिका–६, डम्बराका ३६ बर्षिय सुनिल किसानको उपचारमा दक्षिण कोरियाबाट आर्थिक सहयोग गरिएको छ । ८ महिना अगाडी दुवै मृगौलामा खरावी भएसँगै उपचारमा आर्थिक समस्या झेल्दै आएका किसानलाई अंकित शेरपुञ्जाको पहलमा कोरियामा १ लाख ८० हजार आर्थिक संकलन गरिएको थियो ।

संकलित रकम मंगला गाउँपालिका वडा नं १ भर्जुलाका वडा सदस्य मनकुमार शेरपुञ्जाले पीडितलाई हस्तान्तरण गर्नुभएको कमल किसानले जानकारी दिनुभयो । नियमित डायलासिस सहित औषधी सेवनमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको याचना गर्नुभएको समाचार बेनीअनलाइनबाट प्रकाशित भएको थियो ।

‘यो सहयोगले उपचारमा धेरै सहज हुने छ,‘आर्थिक अभावकै कारण मलाई उपचारमा निकै समस्या भइरहेको छ’ पीडित किसानले भन्नुभयो । बैदेशिक रोजगारको सिलसिलामा बहराइनबाट घर विदामा आउनुभएका किसानको उच्च रक्तचापका कारण मृगौलामा समस्या देखिएपछि पोखरा र काठमाण्डौको अस्पतालमा उपचारसँगै नियमित औषधी सेवन गरिरहनुभएको थियो । उपचार, यातायात, आवास, औषधी लगाएत विभिन्न खर्च गरी करिव १३ लाख लाग्ने अनुमान गरिएको छ ।
थप जानकारीका लागि ९८०५२१६७८७

Leave a Reply