सरकारले एमसीसी संसदमा पेस गर्ने तयारी गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठनले सदरमुकाम बेनीमा प्रदर्शन गरेको छ । नेकपा माओवादी केन्द्रका नेताहरुको उपस्थितीमा वाइसियल, अखिल क्रान्तिकारीले सदरमुकाम बेनीमा विरोध गरेको हो ।

माओवादीले यथास्थितिमा एमसीसी स्वीकार्न नसकिने र जबरजस्त संसदमा पेस गरे सरकार छोड्ने माओवादी केन्द्रको निर्णय अनुसार नै जिल्लामा प्रर्दशन गरेको वाइसियल इन्चार्ज नगेन्द्र केसीले बताउनुभयो ।

उहाँले माओवादीलाई सत्ताभन्दा भन्दा पनि स्वाधिनताको रक्षा आवश्यकता रहेको बताउनुभयो । बिरोध प्रर्दशनमा नेकपा बेनी नगर कमिटीका अध्यक्ष शेरबहादुर केसी सहित माओवादीका नेताहरुको समेत उपस्थिती रहेको थियो ।

यसबीच विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय गठबन्धन एमसीसीको विरोधमा गरेको म्याग्दी बन्दले समेत जनजीवन प्रभावित भएको छ ।

विप्लव नेकपाकी जिल्ला इन्र्जाच दिपाले एमसीसी अनुमोदन भए पार्टीको विद्रोहलाई सम्हाल्न नसक्ने बताउनुभयो ।राजनीतिक दलहरूले बन्द घोषणापछि प्रहरीको टोलीले समेत बजार क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । प्रहरीले बजार क्षेत्रमा प्रर्दशन र बन्दलाई मध्यनजर गरी उच्च सुरक्षा सतर्कता अपनाउन तथा निगरानी राखेको जनाएको छ। यसअगाडी एमसीसीविरुद्ध एकीकृत समाजवादी सडकमा उपस्थिती जनाएको थियो ।

Leave a Reply