गण्डकी प्रदेश सरकार मातहत रहेका कार्यालयहरु मध्ये म्याग्दीमा स्वास्थ्य कार्यालय उत्कृष्ट घोषित भएको छ । गण्डकी प्रदेश स्थापना दिनका अवसरमा प्रदेश मातहत रहेका कार्यालयहरुमध्ये हरेक जिल्लामा उत्कृष्ट कार्यालय घोषणा गरिएको छ । एक महिना अघि हरेक जिल्लामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट खटिएको टोलीले विभिन्न सुचकहरुको आधारमा कार्यालयहरुको मुल्यांकलन गरेको थियो ।

प्रदेश सरकारको मुल्याँकनमा म्याग्दीबाट उत्कृष्ट कार्यालयमा पर्न सफल भएको जानकारी आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।‘‘ बिषम परिस्थितिमा पनि कार्यालय र कार्यालय मातहतबाट भएका सामुहिक एकताको कारण उत्कृष्ट कार्यसम्पादन सम्भव भएको हो, प्रदेश सरकार र कार्यालयका सबै प्रति आभार व्यक्त गर्न चाहन्छु’’-उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारले आफु माहतहत रहेका कार्यालयहरुको शुसासन, कार्यालय व्यवस्थापन, प्रगति लगायतको सुचकहरुको आधारमा स्थलगत अनुगमन गरि मुल्यांकन गरेर उत्कृष्ट कार्यालय छनौट गरेको हो । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लामा कोरोना महामारीको सन्दर्भमा उत्कृष्ट कार्यहरु गर्दै आएको छ । खासगरि खोप अभियानमा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

जिल्लामा लक्षित समुदायको ९९ प्रतिशत नागरिकले कोरोना विरुद्धको पहिलो र दोस्रो डोजको पूर्ण मात्राको खोप लगाइसकेके कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले स्थानीय तह र स्वास्थ्य संस्थाहरुमा समन्वय, खोप, भ्याक्सीन, औषधी, औजार उपकरणको आपूर्ति, स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि, स्वास्थ्य कार्यक्रमको अनुगमन र पृष्ठपोषण लगायतका कार्यहरु गर्दै आएको छ ।

Leave a Reply