बुबाको मृत्युपछि समस्यामा परेका बेनी नगरपालिका-५,भिरमुनीका दुई बालबालिकालाई बेनी फ्युचर सेलेक्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले शैक्षिक अभिभावकत्व ग्रहण गरेको छ ।

दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएको अवस्था भिरमुनीका मिठे दर्जीको रुखबाट लडेर मृत्यु भएपछि निकै कष्टकर जीवन विताइरहेको अवस्थामा उच्च शिक्षासम्म आवश्यक पर्ने शैक्षिक खर्च तथा खाद्यान्न लगायतको खर्चमा बार्षिक ५० हजार बराबरको सहयोग गरिएको हो ।

स्थानीय पौलस्त्य माविमा कक्षा ६ मा अरुणा र कक्षा १ मा पढ्ने अजित परियारलाई शैक्षिक गतिविधिमा कुनै कमी हुन नदिने गरी सहयोग गरिने संस्थाका डाइरेक्टर सुमन बानियाँले बताउनुभयो ।

‘शिक्षादीक्षामा कुनै कमी हुदैन्,‘हामीले बर्षभरी पुग्ने गरी सहयोग गछौं, आवश्यकता पर्दा यहाँ आएर लैजान मिल्ने गरी ब्यवस्था मिलाएका छौ’ बानियाँले भन्नुभयो । बानियाँले उच्च शिक्षाका लागी गन्तब्यको पहिचानसँगै आवश्यकता अनुसार सामाजिक तथा मानवीय सेवामा समेत सक्रिय हुने बताउनुभयो ।

बिहिबार बेनीमा रहेको शाखामा आयोजित कार्यक्रममा सल्लाहकार टिकीमायाँ बानियाँ, म्यानेजिङ डाइरेक्टर अस्मिता केसीसिता परियारलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा खाद्यान्न सहयोगका लागि समेत थप रु ३ हजार समेत सहयोग गरिएको थियो ।

सोही अवसरमा श्रीमानको मृत्युपछि छोराछोरीको पढाईमा समस्या भइरहेको बेला यो सहयोगले ठूलो राहत मिलेको परियारले बताउनुभयो । अष्ट्रेलियाको सिड्नीमा हेड अफिस रहेको संस्थाको यसअगाडी समेत सहयोग गरेको थियो । संस्थामार्फत विपन्न बालबालिकालाई उच्च शिक्षाका लागि सहयोग गर्ने योजना रहेको छ ।

पीडित परियारको समस्याका बारेमा बेनीअनलाइनबाट समाचार प्रकाशित भएपछि सहयोगको वातावरण बनेको संस्थाले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन संस्थका बजार ब्यवस्थापक जगत गैरेले गर्नुभएको थियो । संस्थामार्फत उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई अंग्रेजी भाषा परीक्षा आइएलटिएस कक्षा, शैक्षिक परामर्श,भिजा प्रोसेसिङको सम्पुर्ण डकुमेन्टेशन, ऐन, नियम कानुन र शिक्षा प्राणालीका बारेमा बेनीबजारमै सेवा दिने गरिएको छ ।

Leave a Reply