अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

थाईवाङमा आगलागी हुँदा एक घर जलेर नष्ट

On: February 18, 2022 11:21 AM
Follow Us:
---Advertisement---

ग्यास लिकेज भएर बिहिबार राति म्याग्दीको मंगला गाउँपालिका वडा नं १ थाईवाङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । थाईवाङकी बनकलि दमाईको घरमा रहेको ग्यासको निपुल लिकेज भई आगलागी हुँदा पूर्णरुपमा घर जलेर नष्ट भएको स्थानीय बलिभद्र गौतमले जानकारी दिनुभयो ।

आगलागीबाट घर जलेर नष्ट हुँदा घरभित्र रहेका २१ हजार, सम्पूर्ण लत्ताकपडा, खाधान्न, सरसामानहरु जलेर नष्ट भएको छ। आगलागीमा करिब ३ लाख बराबरको क्षति भएको स्थानीयले अनुमान गरेका छन् । आगलागी भएपछि स्थानीयले घरभित्र रहेका चारजनालाई उद्धार गरेका थिए । घटनाका बारेमा प्रहरी चौकी बावियाचौरलाई समेत जानकारी गराइएको छ। यता स्थानीयले विस्थापितलाई राहत सहिको सहयोग जुटाउने जनाएका छन् ।