म्याग्दीको सदरमुकाम बेनीबाट प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार देखि ‘म्याग्दी प्रेस’ देनिकको प्रकाशन शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्दबहादुर केसीले पत्रिकाको लोकापर्ण गर्नुभएको हो । विगत एकदशक भन्दा वढी रेडियो र कलाकारिता क्षेत्रमा क्रियाशिल संचारकर्मी अमित विश्वकर्माले पत्रिकाको प्रकाशन गर्नुभएको हो ।

पत्रिकाको लोकापर्ण गर्नुहुँदै प्रमुख केसीले जिल्लाको पर्यटन,पूर्वाधार,सामाजिक र राजनीतिक विकासका लागि जिल्लाका संचारमाध्यमहरुको सकरात्मक भूमिका रहेको बताउनुभयो । पत्रकारिता क्षेत्रमा धेरै चुनौती र संभावना रहेको बताउँदै प्रमुख केसीले भन्नुभयो ‘पत्रकारितलाई निष्पक्ष,स्वतन्त्र र सन्तुलित बनाउँदै आफ्नो नैतिकता बचाउनु पर्दछ ।

’ पत्रिकाको निरन्तरता र सफलताको शुभकामना व्यक्त गर्नुहुँदै जिसस प्रमुख केसीले नयाँ पत्रिकाले संचारमाध्यमको विकासमा थप टेवा मिल्ने विश्वास व्यक्त गर्नुभएको ।कार्यक्रममा पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल र सचिव सन्तोष गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । पत्रिकाका कार्यकारी सम्पादक ठाकुरप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रकाशक विश्वकर्माले गर्नुभएको थियो । लोकापर्ण कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो

Leave a Reply