म्याग्दीबाट जापानमा पुगेका खेलप्रेमीको संस्था बेनी फुटबल क्लबले दोस्रो बेनी एफसी कपको आयोजना रहेको छ । कोरोनाको कहरपछि खेलकुद गतिविधि मार्फत म्याग्देली र जापानमा रहेका नेपालीहरु बिच जमघट गराउने उदेश्यले आगामी मार्च १९ गते फुटबल प्रतियोगिताको आयोजना गरिएको बेनी एफसीका क्याप्टेन मनोज बानियाँले बताउनुभयो ।

फुटबल प्रेमीहरुलाई क्लवमार्फत प्रतियोगितामा जोड्ने प्रयास निरन्तर गरिरहेका छौ,’म्यानेजर बानियाँले भन्नुभयो । प्रतियोगिताले फुटबलका खेलाडीहरु बिचको भेटघाट र सहकार्यसँगै खेलकुद गतिविधिमार्फत नेपालीको एकता समेत बलियो हुने क्लवले जनाएको छ ।

आगामी मार्च १० गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने प्रतियोगितामा प्रथम ३ लाख २० हजार येन र दोस्रो १ लाख ६० हजार ऐन पुरस्कार रहेको क्लवका कोषाध्यक्ष चित्र पुनले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्तालाइ ५ हजार येन, मेडल, प्रमाणपत्र र ट्रफी वितरण गरिने छ । क्लवका म्यानेजर विकास पराजुली रहनुभएको छ ।

प्रतियोगिताको आवश्यक तयारी सहित प्रचारप्रसार र फुटबल क्लवलाई सम्पर्क गरिएको सचिव विकास केसीको भनाई छ । क्लवमार्फत प्रतियोगितासँग सामाजिक कार्यमा समेत सहयोग गरिने छ।

Leave a Reply