मुटु रोगी म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेतका दलित अगुवा याम किसानको उपचारमा आर्थिक अभाव भएको छ । मुटुको ३ वटा भल्बमा समस्या देखिपछि टिचिङको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा नियमित चिकित्सकको निगरानीमा रहनुभएको छ ।

सोमबार अस्पतामला भर्ना सहित सल्यक्रियाका लागि आर्थिक अभाव भएको याम किसान उपचार सहयोग संकलन समितिका संयोजक पुस्कर विकले बताउनुभयो ।

‘उपचारमा लाग्ने सहयोग संकलन अभिायनमै छौ,‘उहाँलाई चिनेका साथीहरुलाई अभियानमा जोडिन अपिल गर्दछु’ संयोजक विकले भन्नुभयो ।

सानै उमेर देखि मुटुमा सामान्य समस्या देखिएको किसानले स्वास्थ्य समस्या बढ्दै गएपछि २०७५ सालमा समस्या पहिचान भएपछि औषधी सेवन गदैं आउनुभएकोमा झन जटिल भएपछि चिकित्सकको सुझाव अनुसार नै एनजियोग्राफी गरी आगामी साता सल्यक्रिया गरिने छ ।

पीडित किसानको उपचार सहित नियमित औषधी सहितको सेवामा हुने खर्च जुटाउने अभियान स्वदेश तथा विदेशमा सञ्चालन भइरहेको छ ।

पीडित किसानको १ भल्ब साँघुरो भएको र अर्को भल्बमा प्वाल परेको छ । किसान उपचार अभियानले आर्थिक सहयोग गरी मानवीय सेवामा साथ दिन अपिल समेत गरेको छ ।

Leave a Reply