म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माविमा पूर्वविद्यार्थीमार्फत शैक्षिक, सूचना प्रविधिका सामग्री सहयोग प्राप्त भएको छ । हाल जापानमा रहेका पूर्वविद्यार्थी पूर्णबहादुर गर्बुजाले रोटरी क्लब जापानको समन्वय र सहकार्यमा रु पाँच लाख मूल्य बराबरका सूचना प्रविधिका सामग्री उपलब्ध गराउनुभएको हो ।

एक थान स्मोर्ट बोर्ड, दुई थान प्रोजेक्टर, दश थान सिसीटिभी क्यामेरा, हिलट्याङकी, प्रिन्टर, एलइडी मनीटरलगायतका सामग्री उपलब्ध गराउनुभएको प्रअ दुतबहादुर गर्बुजाले बताउनुभयो ।

त्यसैगरी विसं २०६६ को एलएलसी परीक्षामा महादेव माविबाट सहभागी भएका पाँच विद्यार्थीले १ देखि कक्षा १० सम्मका ११५ विद्यर्थीलाई एक\एक जोर जुत्ता, मोजा सहयोग गर्नुभएको छ ।

बेगमै व्यवसाय गरेर बसेका रमेश परियार, बेलायतमा रहेका रोशन फगामी, अष्टे«लियाका भूपी गर्बुजा, दीपक फगामी ९पोर्चुगल० र धनबहादुर तिलिजा ९अमेरिका०ले शुक्रबार सहयोग गर्नुभएको प्रअ गर्बुजाले बताउनुभयो ।

Leave a Reply