बेनी नगरपालिका-४ थामडाँडाकी भीमकुमारी गुरुङले रेडियो नसुनेको १५ वर्ष भयो । घरमा अहिले टेलिभिजन कार्यक्रम हेर्ने गर्नुभएका उहाँलाई पछिल्लो समय रेडियो सुनेको याद छैन । उहाँले भन्नुभयो, “सायद १५–१६ वर्ष भयो कि रेडियो नसुनेको ।”घरमा पहिले रेडियो पनि थियो । अहिले १० वर्षभन्दा धेरै समय भयो, घरमा उहाँको रेडियो छैन । घरमा रेडियो हुँदा त सुनिएन, अहिले त झन घरमा रेडियो नै छैन उहाँले बताउनुभयो ।

थामडाँडाकी भीमकुमारीजस्तै उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका –६ घारका ७० वर्षिय रामबहादुर बिसिले पनि रेडियो नसुनेको धेरै भयो । करिब बाह्र तेह्र वर्ष भयो होला उहाँले भन्नुभयो, “पहिले कहिलेकाँही सुन्ने गरिन्थयो, आजभोलि रेडियो पनि घरमा छैन, सुन्ने कुरै आएन ।”

सुचना र प्रविधिको विकास तिव्ररुपमा बढे पनि गाउँघरका स्थानीयहरु कामले व्यस्त रहने भएका कारण पनि रेडियो कम सुन्ने गर्नुभएको छ । गैरसरकारी संस्था मिलन म्याग्दीकी निर्देशक दिवा पुनकाअनुसार सूचनाको महत्व बुझ्ने युवा पीढिका व्यक्ति मोबाइलमा रेडियोको समाचार सन्ने गरेपनि बुढापाकाहरुमा अझै त्यो पहुँच बनेको छैन ।

बेनी नगरपालिका–४ थामडाँडाका ७७ वर्षिय दिलबहादुर गुरुङ भने पछिल्लो समय रेडियो सुन्ने नियमित श्रोता भएको बताउनुभयो । रेडियो नेपाल सुन्न नपाएको त वर्षौं भयो, तर एफएम सुन्छु उहाँले भन्नुभयो, “फुर्सदको समयमा म सधैं एफएम सुन्छु ।” सन १८९४ मा इटालीका बैज्ञानिक जी मार्कोनीले आविस्कार गर्नुभएको रेडियो केही समयसम्म प्रमुख सञ्चार माध्यम बनेको थियो ।

अर पछिल्लो समय रेडियोको प्रभावकारीता कम हुँदैगएको धेरैको बुझाई छ । नेपालको रेडियो नेपाल २००७ चैत २० बाट शुरु भएको थियो । शुरुवाती समयमा प्रतिस्पर्धा गर्ने अन्य रेडियो नभएकाले रेडियो नेपाल श्रोतामाझ लोकप्रिय थियो । रेडियो नेपालको कार्यक्रमहरु बढी चेतनामुलक र शिक्षामुलक रहन्थे ।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष एवम् म्याग्दी सदरमुकाम बेनीका ब्यवसायी दिपेन्द्र श्रेष्ठकाअनुसार मोबाइल मार्फत रेडियोको कार्यक्रम सुन्नेहरु धेरै भएपनि घरमा अधिकांशको रेडियो सेट अहिले छैन ।

Leave a Reply