हुनत धन देखेपछि महादेवका पनि तीन नेत्र खुल्छ भन्छन् । सार्वजनिक ठाउँ, होटल र अन्य कुनै ठाउँमा हराएको पैसा हत्तपत्त फिर्ता पाउन सकिन्न ।

भेटेको पैसा सम्वन्धित व्यक्तिलाई खोजेर फिर्ता गर्ने इमान्दारिता प्रस्तुत गर्ने जो कोहीमा हुन्न । बेनी नगरपालिका–७,बिरेन्द्रचोककी र्सिजना भट्टचनले आइतबार खाजा खाएर फर्किने बेलामा टकसरा घर्ती मगरको नगद ६० हजार, विदेशी डलर सहित करिब एक लाख र महत्वपूर्ण ब्यक्तिगत कागजात लालबहादुर भण्डारी मार्फत फिर्ता दिएर इमान्दारिताको नमुना प्रस्तुत गर्नुभएको छ ।

धवलागिरी गाउँपालिका वडा नं ४ मुदी र वडा नं ७ ताकम ठेगाना भएको नागरिकता सहित डिजिटल बस्तु होटलमा खाजा खाएर छोडेर गएको अवस्थामा भेटाउँदा वित्तिकै सामाजिक सञ्जाल फेसबुकमा राखेर सम्बन्धित ब्यक्ति समक्ष पुर्याएको भट्टचनले बताउनुभयो ।

‘त्यो ठूलो धनराशीले मेरो मन पगाल्न सकेन, ‘हराउने मान्छेको खोजीमा लागे, आज विहानै हस्तान्तरण गरे’ उहाँले भन्नुभयो। इमान्दारिताका खडेरी लागेको बेलामा बलियो सन्देश समेत बनेको सामान बुझ्न भण्डारीले बताउनुभयो । इमान्दारिताको मुल्य नहुने भन्दै उदाहरणीय र प्रसंशायोग्य कामको सधै सम्झना हुने उहाँको भनाई थियो ।

Leave a Reply